लुम्बिनी प्रदेशमा होल्डिङ सेन्टर बनाउन ७९ लाख « Khabarhub

लुम्बिनी प्रदेशमा होल्डिङ सेन्टर बनाउन ७९ लाख


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल— लुम्बिनी प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि जिल्ला विपद व्यवस्थापन केन्द्रलाई ७९ लाख रुपैँया दिने निर्णय गरेको छ ।

बुधबार भएको प्रदेश मन्त्रिपरिषद बैठकले सीमा क्षेत्रमा होल्डिङ सेन्टर निर्माण गरी महामारी नियन्त्रण गर्न रकम रकम पठाउने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले १२ जिल्लालाई कुल ७९ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको जानकारी दिए । सीमा क्षेत्रमा होल्डिङ सेन्टर व्यवस्थापन र कोरोना महामारी नियन्त्रणमा खर्च गर्ने गरी रकम उपलब्ध गराउने निर्णय भएको हो ।

रकम प्रदेश सरकारको विपद कोषबाट जिल्ला विपद कोषमा पठाइने मन्त्री चौधरीले बताए । कोभिडबाट बढी प्रभावित रूपन्देही र बाँके जिल्लाले १०–१० लाख रुपैयाँ पाउनेछन् । गुल्मी, पाल्पा अर्घाखाँची, रोल्पा प्युठान र पूर्वरुकुमलाई ५—५ लाख रुपैयाँ छुट्याइएको छ ।

जेठमा गर्ने भनिएको प्रदेश लगानी सम्मेलन आगामी काकि २७ र २८ गते गर्ने निर्णय भएको पनि मन्त्री चौधरीले बताए ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ८ : १५ बजे

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य