विश्वभर संक्रमितभन्दा निको हुने बढ्दै, १५ करोड ६२ लाखले जिते कोरोना « Khabarhub

विश्वभर संक्रमितभन्दा निको हुने बढ्दै, १५ करोड ६२ लाखले जिते कोरोना


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  विश्वभर कोरोना भाइरसका दैनिक संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख १६ हजार ७५३ जना संक्रमित भएका छन् । यही अविधमा संक्रमणमुक्त हुनेको संख्या ४ लाख ९३ हजार ८३१ छ । २४ घण्टामा संक्रमणमुक्त हुने यो संख्या नयाँ संक्रमितभन्दा करिव ६७ हजारले धेरै हो ।

पछिल्लो विवरणसँगै विश्वभर संक्रमण जित्नेको संख्या १५ करोड ६२ लाख ८३ हजार ६०३ पुगेको छ । कुल संक्रमितको आधारमा निको हुने दर ९०.१७ प्रतिशत हो ।

यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमितको संख्या १७ करोड ३३ लाख ११ हजार ८०१ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ३३ लाख १ हजार १२१ छ । यसमध्ये ८८ हजार १७२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३७ लाख २७ हजार १७७ पुगेको छ  । पछिल्लो २४ घण्टामा १० हजार २३७ जनाको मृत्यु भएको छ ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा ६ लाख १२ हजार २४० जनाको मृत्यु भएको छ ।

यसैगरी ब्राजिलमा ४ लाख ७० हजार ९६८ जनाको मृत्यु भएको छ । दोस्रो लहरको अति प्रभावित मुलुक भारतमा ३ लाख ४४ हजार १०१ जनाको मृत्यु भएको छ ।

यस्तै  रूसमा १ लाख २३ हजार ‍२३७ जना, बेलायतमा १ लाख २७ हजार ८२३ जना, फ्रान्समा १ लाख ९ हजार ९१६ जना, इटालीमा १ लाख २६ हजार ४१५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ७ : ४० बजे

एन्फा राष्ट्रिय लिग : सातदोबाटो र नवजनजागृति १–१ गोलको बराबरीमा

काठमाडौं – काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगअन्तर्गत शनिबार भएको खेलमा

प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पिड च्याम्पियनसिप सम्पन्न

भक्तपुर– प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पिड च्याम्पियनसिप शनिबार भक्तपुरको

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार

श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसद

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको

अफगानीस्तानले ड्रोन आक्रमण गरेको पाकिस्तानको दावी

एजेन्सी– पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले अफगान तालिबानले पाकिस्तानमा नागरिक