विश्वभर संक्रमितभन्दा निको हुने बढ्दै, १५ करोड ६२ लाखले जिते कोरोना « Khabarhub

विश्वभर संक्रमितभन्दा निको हुने बढ्दै, १५ करोड ६२ लाखले जिते कोरोना


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  विश्वभर कोरोना भाइरसका दैनिक संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख १६ हजार ७५३ जना संक्रमित भएका छन् । यही अविधमा संक्रमणमुक्त हुनेको संख्या ४ लाख ९३ हजार ८३१ छ । २४ घण्टामा संक्रमणमुक्त हुने यो संख्या नयाँ संक्रमितभन्दा करिव ६७ हजारले धेरै हो ।

पछिल्लो विवरणसँगै विश्वभर संक्रमण जित्नेको संख्या १५ करोड ६२ लाख ८३ हजार ६०३ पुगेको छ । कुल संक्रमितको आधारमा निको हुने दर ९०.१७ प्रतिशत हो ।

यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमितको संख्या १७ करोड ३३ लाख ११ हजार ८०१ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ३३ लाख १ हजार १२१ छ । यसमध्ये ८८ हजार १७२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३७ लाख २७ हजार १७७ पुगेको छ  । पछिल्लो २४ घण्टामा १० हजार २३७ जनाको मृत्यु भएको छ ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा ६ लाख १२ हजार २४० जनाको मृत्यु भएको छ ।

यसैगरी ब्राजिलमा ४ लाख ७० हजार ९६८ जनाको मृत्यु भएको छ । दोस्रो लहरको अति प्रभावित मुलुक भारतमा ३ लाख ४४ हजार १०१ जनाको मृत्यु भएको छ ।

यस्तै  रूसमा १ लाख २३ हजार ‍२३७ जना, बेलायतमा १ लाख २७ हजार ८२३ जना, फ्रान्समा १ लाख ९ हजार ९१६ जना, इटालीमा १ लाख २६ हजार ४१५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ७ : ४० बजे

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण