दुई युवतीलाई बेच्न खोजेको आरोपमा दम्पत्ती पक्राउ « Khabarhub

दुई युवतीलाई बेच्न खोजेको आरोपमा दम्पत्ती पक्राउ


२२ जेष्ठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा-  दुई युवतीलाई बेच्न खोजेको आरोपमा प्रहरीले एक दम्पत्तीलाई पक्राउ गरेको छ ।

गोरखाका २० र २२ वर्षीया दुई युवतीलाई ललाफकाई नेपालगञ्जबाट  वीरगन्ज हुँदै भारत लान खोज्ने एक भारतीय दम्पत्तीलाई वीरगञ्जको इनरवाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण थाना पहाडपुर, ग्रामपञ्चायत अहिरओलिया गोदाम वडा नम्बर ४ का २७ वर्षीय अस्गर सैफी र उनकी श्रीमती तनहुँ दमौली नगरपालिका ५ की सकिना खातुन भनिने सीता थापा क्षत्री छन् ।

ती युवतीलाई उनीहरूको भारतको बेतिया लान लागेको अनुसन्धानबाट खुलेको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए। नेपालगञ्जमा कन्या पूजा छ, कन्या पूजामा १ घण्टाका लागि जाँदा ५० हजार दिने भनी फकाएर उनीहरूले गोरखाका ती युवतीहरूलाई घरबाटै हिँडाएको पनि खुलेको खनालले जानकारी दिए ।

उनीहरूलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएको छ ।

 

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ११ : ०१ बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६