आफ्नो वासस्थान छाडेर चीनमा किन सयौँ किलोमिटर हिँडे १५ जंगली हात्ती ? « Khabarhub

आफ्नो वासस्थान छाडेर चीनमा किन सयौँ किलोमिटर हिँडे १५ जंगली हात्ती ?


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अफ्नो वासस्थान नै छाडेर चीनमा १५ वटा जंगली हात्ती सयौँ किलोमिटर टाढा हिडेका छन् । चीनको युनानको सिसुवाङबन्ना स्वशासित क्षेत्रस्थित जंगल छाडेर निस्किएका ती हात्तीहरू बुधबार कुनमिङनजिक पुग्दा नै ५ सय किलोमिटर हिडिसकेका थिए ।

‘ग्लोवल टाइम्स’मा उल्लेख भएअनुसार हात्तीलाई शहरमा पस्न नदिन त्यहाँका अधिकारीहरूले हात्ती हिँड्न लागेको बाटोलाई बन्द गरेर मानिसलाई रोक लगाउनेदेखि बस्ती पस्न नदिन ठूला गाडी, पर्खाललगायतले छेक्ने सम्मको उपाय लगाएका छन्।

हात्तीहरू किन आफ्नो बासस्थान छोडेर यात्रामा निस्किए भन्ने अहिलेसम्म खुलेको छैन।

फोरेस्ट्री र ग्रासल्यान्डको प्रान्तीय ब्युरोले कुनमिन सरकारलाई पनि खतराको संकेत समयमै दिन र सावधानी अपनाउन भन्दै अनुरोध गरेको छ।

गत वर्ष जंगल छाड्दा १६ वटा हात्ती थिए। तर एउटा हात्ती बासस्थानतर्फ फर्किएको थियो। त्यसपछि बीच बाटोमै दुई वटा हात्ती जन्मिएको नेशनल फोरेस्ट्री एन्ड ग्रासल्यान्ड एड्मिनिस्ट्रेसनले बताएको छ।

हात्तीहरू लामो यात्रामा निस्किएपछि अहिले नौ वटा ड्रोन, ट्रक र ७६ प्रहरी गाडीसहित ३६० बढी मानिस परिचालन भएका छन्। हात्तीलाई खुवाउन १८ टन खाना बनाइएको छ।

सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार अहिलेसम्म हात्तीको यो बथानले मानवीय क्षति गरेको छैन। तर ५६ हेक्टर जमिनमा गरिएको खेतीमा क्षति पुर्‍याएको छ।

एसियाली हात्ती विज्ञ चेन मिङयोङ्गले चीनमा हात्तीहरू यसरी पहिलो पटक लामो दूरीमा हिँडेको बताए।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  १२ : ३५ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत

कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान

टोकियो– अमेरिका–इरान तनावबीच कूटनीतिक वार्ताको औचित्यमाथि प्रश्न उठाउँदै जापानस्थित इरानी

परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट

काठमाडौं– नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मरिससको राजधानी

नागढुंगा सुरुङमार्ग सञ्चालनको तयारीमा (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ–धादिङ जोड्ने नेपालको पहिलो आधुनिक सडक नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको