विश्वकप छनोट खेलमा ब्राजिलले इकुवेडरलाई २–० ले हरायो | Khabarhub Khabarhub

विश्वकप छनोट खेलमा ब्राजिलले इकुवेडरलाई २–० ले हरायो


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप २०२२ को छनोट खेल अन्तर्गत ब्राजिलले इकुवेडरलाई २-० गोलले पराजित गरेको छ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रवार बिहान खेलिएको खेलमा ब्राजिलले घरेलु मैदान ‘पोर्टो इलेग्रे’मा जित प्राप्त गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा ब्राजिलले दुई गोल गर्न सफल भयो। ब्राजिलका लागि नेयमारले उत्कृष्ट खेल प्रस्तुत गरे।

६५औं मिनेटमा नेयमारको पासमा रिचारलिसनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। त्यसपछि खेलको ९०औं मिनेटमा नेयमारको पेनाल्टी गोलमार्फत ब्राजिलले २-० को सहज जित प्राप्त गर्यो।

दक्षिण अमेरिकी छनोटको अंक तालिकामा ब्राजिल शीर्ष स्थानमा रहेको छ। ब्राजिलले ५ खेलमा ५ जित निकालेको छ। उता इकुवेडर अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। इकुवेडरको ५ खेलमा ९ अंक रहेको छ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  १ : २५ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड