वुहान प्रयोगशालाका कुनै पनि कर्मचारी कोरोना संक्रमित भएनन् : चीन « Khabarhub

वुहान प्रयोगशालाका कुनै पनि कर्मचारी कोरोना संक्रमित भएनन् : चीन


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनले हुबेइ प्रान्तको वुहान स्थित प्रयोगशालाका कुनै पनि कर्मचारी वा अनुसन्धानकर्ता कोरोना भाइरसबाट संक्रमित नरहेको दाबी पुनः गरेको छ।

अमेरिकी गुप्तचर निकायको प्रतिवेदनमा सन् २०१९ को अन्त्यतिर चीनमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनु भन्दा केही हप्ता पहिले वुहान स्थित प्रयोगशालाका तीनजनामा मिल्दोजुल्दो लक्षण देखिएको उल्लेख छ। त्यसले कोरोना भाइरसको उत्पतिलाई लिएर आशंका पैदा भएको छ।

प्रयोगशालामा भएको दुर्घटनाबाट चुहावट हुँदै भाइरस मानिसमा सरेको हुन सक्ने आशंकामा बल पुगेपछि राष्ट्रपति जो बाइडेनलेले गएको हप्ता विस्तृत अध्ययन गरि ९० दिन भित्र प्रतिवेदन बुझाउन गुप्तचर निकायलाई आदेश थिए।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को संयोजनमा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताले गरेको अध्ययनमा कोरोना भाइरस प्रयोगशालाबाट चुहावट भएर मानिसमा सरेको हुन सक्ने सम्भावना अति दुर्लभ रहेको तर थप अध्ययन भने गर्नु पर्ने बताएको थियो।

पछिल्लो पटक अमेरिकी गुप्तचर निकायको सूचनापछि वुहानको समुद्री खाद्यान्न बजारबाट नभई प्रयोगशालाबाट भाइरस फैलिएको हुन सक्ने आशंकामा बल पुगेको हो।

यसलाई नै मध्यनजर गरेर अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले चीनसँग वुहान स्थित प्रयोगशालाका तीन अनुशन्धानकर्तासहित कुल ९ जना चिनियाँ नागरिकको स्वास्थ्य सम्बन्धी विवरण जारी गर्न माग गरेका छन्।

डा. फाउचीले सन् २०१२ मा चीनको युनान प्रान्तको तामा खानीमा रहस्यमय रोगका कारण मृत्यु भएका ६ मजदुरको स्वास्थ्य सम्बन्धी विवरण पनि माग गरेका हुन्।

तर शुक्रबार चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ्ग वेनबिनले वुहान इन्स्टिच्यूड अफ भाइरोलोजीमा सन् २०१९ को डिसेम्बर ३० भन्दा पहिले कोरोना भाइरसको कुनै जानकारी नरहेको दाबी पुनः गरेका छन्।

अहिलेसम्म सो प्रयोगशालाका एक कर्मचारी वा विद्यार्थीमा कोरोना भाइरसको संक्रमण नदेखिएको पनि उनले बताएका छन्।

स्वास्थ्य विवरणहरु प्रयोगशालाका कर्मचारी र शोधकर्ताहरुमा मात्रै सीमित गरिने भएकाले सार्वजनिक गर्न नसकिने उनले बताएका छन्। एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  २ : ११ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत

कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान

टोकियो– अमेरिका–इरान तनावबीच कूटनीतिक वार्ताको औचित्यमाथि प्रश्न उठाउँदै जापानस्थित इरानी

परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट

काठमाडौं– नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मरिससको राजधानी

नागढुंगा सुरुङमार्ग सञ्चालनको तयारीमा (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ–धादिङ जोड्ने नेपालको पहिलो आधुनिक सडक नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको