अध्ययन भन्छ–नेपाली फिल्ममा महिला चित्रण रुढिवादी र नकारात्मक | Khabarhub Khabarhub

अध्ययन भन्छ–नेपाली फिल्ममा महिला चित्रण रुढिवादी र नकारात्मक


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्लान इन्टरटेशनल नेपालको ‘गल्र्स गेट इक्वेल अभियान’ अन्तर्गत ‘नेपाली चलचित्रमा महिला र किशोरीहरुको प्रतिनिधित्व’ विषयमा गरिएको एक अध्ययनले फिल्ममा देखाइने महिलाको रुढिवादी भूमिकाले महिला र किशोरीमा नकारात्मक असर पार्ने गरेको निष्कर्ष निकालेको छ ।

नेपाली फिल्ममा महिला वा किशोरीहरुलाई बिरलै नेतृत्वदायी भूमिकामा प्रस्तुत गरिएको र प्रस्तुत भए पनि महिलापात्रलाई पुरुषको उपभोग वा वस्तु स्वरुपमा सीमित गरेको तथ्य अनुसन्धानले देखाएको छ ।

अध्ययनअनुसार मुलतः महिला वा किशोरीहरू नेतृत्वको भूमिकामा देखाइए पनि महिलाहरू पुरुषको दाँजोमा फितलो पात्रमा चित्रित गरिने तथा पुरुषको यौन चाहनाको रुपमा मात्र प्रस्तुत भएको पाइएको छ ।

डक स्कुलले गरेको अनुसन्धानमा ४७ वटा फिल्महरू, टेलिभिजन, अनलाइन सामाग्रीमा भएको विषयवस्तु र विज्ञापन–फिल्मको सामग्रीमा केन्द्रित रहेर विश्लेषण प्रस्तुत गरिएको छ । साथै, विभिन्न फिल्मकर्मी, फिल्म निर्माताहरू र कलाकारहरूसँगको अन्तर्वार्ता र छलफलबाट निष्कर्ष प्रस्तुत गरेका छन् ।

अध्ययनले प्रदेश नं १ को सुनसरी, बागमती प्रदेशको सिन्धुली र काठमाडौं, लुम्बिनी प्रदेशको बाँके र कर्णाली प्रदेशको जुम्लाका किशोरीहरुसँंग फिल्ममा महिला प्रतिनिधित्व सम्बन्धी ३ चरणको छलफल गरेको थियो ।

प्रतिवेदन गौथली इन्टरटेन्मेन्टद्वारा आयोजित चार–दिने भर्चुअल कार्यक्रमको अवसरमा सार्वजनिक गरिएको हो । अनुसन्धानको टिप्पणी गर्दै फिल्मकर्मी र समिक्षक मनोज पण्डितले नेपालको अधिकांश फिल्मले महिलाको आँसु र आफूहरुले कथामा दुःख बेच्ने गरेको स्वीकार्दै त्यसरी बेच्दा त्यसले राम्रो व्यवसाय गर्ने दाबी ग्रे ।

चलचित्र विकास बोर्डका अधिकृत चिरन्जीवी गुरागाईले नेपाली फिल्ममा महिलाको विषयमा थुप्रै काम भए पनि प्रभावकारी रुपमा अघि बढनुपर्ने बताए । उनले चलचित्र विकास बोर्डको तर्फबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र फिल्म फेस्टिभलमा छानिएका फिल्म निर्माताहरूलाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।

अध्ययनले १ सय २ वटा महिला पात्रको विश्लेषणमा ५ जना पात्रको मात्र आफ्नो लक्ष्य र उद्देश्य भेटाएको छ भने फिल्ममा देखाइएको महिला पात्र सधैँ प्रेमकथाको सानो अंश रुपमा मात्र प्रस्तुत गरिएका छन् ।

त्यस्तै ३ सय ४५ पात्रहरुको अध्ययनमा ८ जना मात्रै यौनिक अल्पंसंख्यक समुदायको सदस्य संलग्न भएको अध्ययनले देखाएको छ, तीमध्ये अधिकांश पात्रहरू हास्यव्यंग्यको लागि मात्र राखिएको पाइएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  १ : ५६ बजे

औषधिमा २५० प्रतिशतसम्म भन्सार शुल्क लगाउने ट्रम्पको संकेत

एजेन्सी – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातित औषधिजन्य

पानीपुरी र चटपटेका ठेला खोज्दै काठमाडौँ महानगर, बिक्री अनुगमन गर्ने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले पानीजन्य रोगबाट नागरिकलाई बचाउन पानीपुरी, चटपटेलगायत

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला – पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।

लेक लागेर अन्नपूर्ण क्षेत्रमा गत वर्ष १८ पर्यटकको मृत्यु

गण्डकी : गत आवमा अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा १८

एमालेले विधान महाधिवेशनलाई राजनीतिक उत्सवका रूपमा मनाउँछ : महासचिव पोखरेल

काठमाडौँ : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले दोस्रो विधान