साउदीबाट कतार वा टर्की ट्रान्जिट भएर नेपाल फर्कँन सकिने « Khabarhub

साउदीबाट कतार वा टर्की ट्रान्जिट भएर नेपाल फर्कँन सकिने


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कोरोना महामारीको दोस्रो लहरका कारण नेपालबाट साउदी सिधा हवाई उडानमा रोक लगाएपछि त्यहाँबाट स्वदेश फर्किने हजारौं नेपालीहरू समस्या परिरहेका बेला कतार वा टर्कीलाई ट्रान्जिट बनाएर स्वदेश फर्किन सकिने भएको छ ।

नेपाल सरकारले पछिल्लो समय कतार, टर्की र चीनसहित तीन देशसँगका नियमित उडान खुला गरेको छ । योसँगै साउदीमा रहेका नेपाली श्रमिक पनि कतार वा टर्कीलाई ट्रान्जिट बनाएर स्वदेश फर्किन सक्ने साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावास शुक्रबार एक विज्ञप्ति जारी गर्दै साउदीबाट सोझै नेपाल जाने फ्लाइट खोल्ने सम्बन्धमा कुनै पनि निर्णय नभएको भन्दै यदि नेपाल जान चाहनेहरूले यी देशलाई ट्रान्जिट बनाएर जान सक्ने दूतावासले जनाएको छ ।

कतार एअरवेज, नेपाल एअरलाइन्स र टर्किस एअरलाइन्समध्ये आफूलाई सहज हुने फ्लाइटमार्फत स्वदेश फर्किन सकिने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसरी स्वदेश फर्किन चाहने नेपालीहरूले टिकटको लागि सम्बन्धित एअरलाइन्स वा ट्राभल एजेन्सीमा सम्पर्क गर्न समेत दूतावासले आग्रह गरेको छ । यता नेपालीहरूले यसरी स्वदेश फर्किदा महँगो पर्ने भन्दै साउदीको लागि पनि नियम उडान खुल्ला गर्न माग गरेका छन्।

खास गरी उडान बन्द हुनु अगाबै टिकट लिएर बसेका, करार अवधि सकिएर स्वदेश फर्कने क्रममा रहेका, भिजिट भिसाको म्याद सकिएका, विभिन्न कारणले रोजगारी गुमाएका बसेका नेपाली श्रमिकहरू बढी समस्यामा रहेका छन् ।

सरकारले विदेशबाट स्वदेश फर्कने नेपालीहरू बस्नका लागि ५ वटा पाँचतारेसहित ७८ वटा होटललाई क्वारेन्टिन होटलका रुपमा सूचीकृत गरेको छ ।

यी देशबाट स्वदेश फर्किने यात्रुहरूले पाँच दिन अनिवार्य होटेल क्वारेन्टिनमा बस्नुपर्नेछ । होटेल क्वारेन्टिनमा बसी पीसीआर परीक्षण नेगेटिभ आएपछि थप १० दिन होम क्वारेन्टिनमा बस्ने गरी घर जान दिइनेछ ।

तर, आफ्नो धर्म, रीतिरिवाज, परम्परा अनुसार आफन्तको अन्तिम संस्कार (काजक्रिया)मा सहभागी हुन विदेशबाट फर्किएकाको हकमा स्थानीय तहको सिफारिसमा कम्तिमा १० दिने अनिवार्य होम क्वारेन्टिनमा बस्ने गरी घर जान दिइने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  २ : २५ बजे

अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पछिल्लो समय

सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता

उदयपुर – सुनकोशी नदीमा हाम फालेका उदयपुरको कटारी–३ च्याँगाका ६२

प्रदीप ज्ञवाली भन्छन्ः एमाले निर्वाचनबाट कहिल्यै भाग्दैन

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले

बालुवाटारमा गगनले भने: जेन-जीको नाममा दिनदिनै आउने धम्की सहन सकिँदैन

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेन-जीको नाममा राजनीतिक दलमाथि

प्लेअफ पुग्दा उत्साहित छौँः कप्तान पौडेल

काठमाडौं – राजधानीमा जारी एनपिएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा सुरक्षित