युरिक एसिड बढेको बेला खान नहुने १० कुरा | Khabarhub Khabarhub

युरिक एसिड बढेको बेला खान नहुने १० कुरा


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ग्याष्ट्रिकपछि आम नेपालीमा बढि देखिने रोग हो, उच्च रक्तचाप, मधुमेह र युरिक एसिड । यि मध्येमा पनि युरिक एसिड शरीरमा खानाबाट आउने प्युरिन ब्रेकडाउन हुँदै गएपछि बन्ने प्रोडक्ट भएकाले सामान्यतः रगतमा घुलेर बसेको हुन्छ । जसले शरीरलाई हानी पुर्‍याउने र विभिन्न समस्या दिने हुन्छ ।

युरिक एसिड भएपछि कतिपय कुरा खानु हुदैँन । तर मानिस जानअन्जानमा ति कुराको सेवन गर्छन् र यो झन् बढेर जान्छ । तसर्थ युरिक एसिड भएको बेला के के नखाने भन्ने बारे जानिराख्नु उपयुक्त हुन्छ :

१. युरिक एसिड बढेको बेला रातो मासु, फल मासु, ठूला जनावरका मासु खानु हुदैँन ।
२. यो बेलामा हासको मासु, टर्कीको मासु, मुटु, कलेजो मृगौला र गिदी जस्ता भित्री अङ्गको मासु समेत खानु हुँदैन ।
३. युरिक एसिड बढेको बेला कोल्ड ड्रिंक, कार्बोनेटेड र मधुराकृत पेय खानु हुदैँन ।
४. यो बेलामा गेडागुडी, दाल लगायतको दलहन पर्दाथको सेवनबाट बच्नु पर्दछ ।
५. कुरिलो, फूलकोभी, बन्दा, पालुङ्गो, च्याउ र गोलभेंडा जस्ता सागपात समेत खानु हुदैँन ।
६. गुलिया पेय, मह पानी, सोडापानी पनि युरिक एसिडका लागि राम्रो मानिदैँन ।
७. युरिक एसिड भएको बेलामा तामा, गुन्द्रुक सिन्की पनि खानु हुदैँन ।
८. रक्सि, ब्राण्डी, ह्वीस्की, रम जस्ता अल्कोहोलिक पेय समेत सेवन गर्नु हुदैँन ।
९. जंकफूड तथा बेकरी उत्पादनमा सेचुरेटेड फ्याट धेरै हुन्छ । जसले रगतमा युरिक एसिडको मात्रालाई बढाउँछ युरिक एसिड बढ्ने समस्या आउँछ ।
१०. विशेषगरी झिंगे माछा, ट्यूना, एन्कोभिज प्रजातीका माछा र अन्य समुन्द्री खानाको सेवनबाट बच्नु पर्दछ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ३ : ५७ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम