युरिक एसिड बढेको बेला खान नहुने १० कुरा « Khabarhub

युरिक एसिड बढेको बेला खान नहुने १० कुरा


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ग्याष्ट्रिकपछि आम नेपालीमा बढि देखिने रोग हो, उच्च रक्तचाप, मधुमेह र युरिक एसिड । यि मध्येमा पनि युरिक एसिड शरीरमा खानाबाट आउने प्युरिन ब्रेकडाउन हुँदै गएपछि बन्ने प्रोडक्ट भएकाले सामान्यतः रगतमा घुलेर बसेको हुन्छ । जसले शरीरलाई हानी पुर्‍याउने र विभिन्न समस्या दिने हुन्छ ।

युरिक एसिड भएपछि कतिपय कुरा खानु हुदैँन । तर मानिस जानअन्जानमा ति कुराको सेवन गर्छन् र यो झन् बढेर जान्छ । तसर्थ युरिक एसिड भएको बेला के के नखाने भन्ने बारे जानिराख्नु उपयुक्त हुन्छ :

१. युरिक एसिड बढेको बेला रातो मासु, फल मासु, ठूला जनावरका मासु खानु हुदैँन ।
२. यो बेलामा हासको मासु, टर्कीको मासु, मुटु, कलेजो मृगौला र गिदी जस्ता भित्री अङ्गको मासु समेत खानु हुँदैन ।
३. युरिक एसिड बढेको बेला कोल्ड ड्रिंक, कार्बोनेटेड र मधुराकृत पेय खानु हुदैँन ।
४. यो बेलामा गेडागुडी, दाल लगायतको दलहन पर्दाथको सेवनबाट बच्नु पर्दछ ।
५. कुरिलो, फूलकोभी, बन्दा, पालुङ्गो, च्याउ र गोलभेंडा जस्ता सागपात समेत खानु हुदैँन ।
६. गुलिया पेय, मह पानी, सोडापानी पनि युरिक एसिडका लागि राम्रो मानिदैँन ।
७. युरिक एसिड भएको बेलामा तामा, गुन्द्रुक सिन्की पनि खानु हुदैँन ।
८. रक्सि, ब्राण्डी, ह्वीस्की, रम जस्ता अल्कोहोलिक पेय समेत सेवन गर्नु हुदैँन ।
९. जंकफूड तथा बेकरी उत्पादनमा सेचुरेटेड फ्याट धेरै हुन्छ । जसले रगतमा युरिक एसिडको मात्रालाई बढाउँछ युरिक एसिड बढ्ने समस्या आउँछ ।
१०. विशेषगरी झिंगे माछा, ट्यूना, एन्कोभिज प्रजातीका माछा र अन्य समुन्द्री खानाको सेवनबाट बच्नु पर्दछ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ३ : ५७ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन