वातावरण दिवस : शान्ति समाजद्वारा वृक्षरोपण « Khabarhub

वातावरण दिवस : शान्ति समाजद्वारा वृक्षरोपण


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व वातावरण दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले छ जिल्लामा वृक्षरोपण गरेको छ।

राजधानीको उत्तरपूर्वी भेग कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारस्थित खुर्सानीबारीमा रहेको असहाय गाईबाच्छा संरक्षण स्थल नजिकैको डाँडामा आज आयोजित कार्यक्रममा समाजका सल्लाहकार उत्तम पुडासैनी, महासचिव रामकृष्ण बराल, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपालसहित जनप्रतिनिधि र अधिकारकर्मीले काइँयो, ज्याकारान्डा, कपुर, पारिजात र पीपललगायत ५० विरुवा रोपे ।

यसैगरी दाङ शाखाको आयोजनामा तुलसीपुरस्थित केशवराज झुपाकुमारी वृद्धाश्रमको प्राङ्गणमा समाजका वरिष्ठ उपसभापति शुशील बस्नेत, सचिव निर्मल नेपाली, शाखा सभापति तुलसीराम सुनारसहित १० जनाले वृक्षारोपण गरेका छन् । समाजको पर्सा शाखाले आज वीरगञ्जस्थित त्रिजुद्ध माध्यमिक विद्यालय प्राङ्गणमा आयोजित वृक्षरोपण कार्यक्रममा शाखा सभापति प्रेम पटेल, उपसभापति जिनुमाया मानन्धरसहित १० जना अधिकारकर्मीले वृक्षरोपण गरेका छन् भने कपिलवस्तु शाखाले सिद्धार्थ माध्यमिक विद्यालय बुञ्ची कपिलवस्तुको प्राङ्गणमा आयोजित वृक्षरोपणमा शाखा सभापति गोविन्द पोख्रेल, सचिव माधव घिमिरेसहित अधिकारकर्मीले पाँच प्रजातिको १२ वटा वृक्षरोपण गरे ।

यसै अवसरमा शान्ति समाज चितवन शाखाद्वारा ‘प्रकृतिको संरक्षण गरौं रूख रोपौं’ भन्ने नारासहित नव जागृत वन उपभोक्ता समूहको वनमा शाखा सभापति शम्भु राउतसहित अधिकारकर्मीहरु पूर्णचन्द्र चापागाईं, रबिन खतिवडा, रितु न्यौपाने, सुप्रिया सापकोटाले वृक्षरोपण गरे ।

समाजको रुपन्देही शाखाले वुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) बुटवलको परिसरमा आँप, रुद्राक्ष, अमला, वेल, धुपिसल्लो, कल्पिफूल लगायत १०० भन्दा बढी सङ्ख्यामा बृक्षरोपण गरेको छ ।

कार्यक्रममा समाजका सभापति गोविन्द खनालले जीवनचक्र परिस्थिति सन्तुलन (इकोलोजिकल व्यालेन्स) मा जोड दिँदै संस्थाले हिमालय बचाउ आन्दोलन सञ्चालन गरिरहेको उल्लेख गरे । सरकारद्वारा चुरेका ढुङ्गा, गिटी निकासीको निर्णय नसच्याए समाजले सत्याग्रह आन्दोलन प्रारम्भ गर्ने उनले बताए ।–रासस

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  १० : ५९ बजे

स्वर्णिम वाग्ले रास्वपाको खुला उपसभापतिमा निर्विरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला उपसभापतिमा अर्थमन्त्री स्वर्णिम

ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, नकआउट चरणमा मोरक्कोसँग भिड्ने

काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत