स्थानीय तहहरूलाई ७० थान अक्सिजन कन्सनट्रेटर मेसिन हस्तान्तरण | Khabarhub Khabarhub

स्थानीय तहहरूलाई ७० थान अक्सिजन कन्सनट्रेटर मेसिन हस्तान्तरण


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भक्तपुर नगरपालिकालाई पाँच थान १० लिटर क्षमताको अक्सिजन न्सनट्रेटर मेसिन हस्तान्तरण गरिएको छ ।

नागरिक समूह र गैर सरकारी संस्था गुठीका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले भक्तपूर नगरपालिकाका उप–प्रमुख रजनी श्रेष्ठ जोशीलाई उनकै कार्यकक्षमा ५ थान अक्सिजन कन्सनट्रेटर मेसिन हस्तान्तरण गरेका हुन् ।

देशैभरी कोभिड–१९ को महामारीले स्वास्थ्य क्षेत्रमा निम्त्याएको संकटपूर्ण अवस्थालाई चिर्न स्थानीय तहमा पालिकाहरूले सम्बोधन गर्ने प्रयासमा हातेमालो गर्दै नागरिक समूह र गैर सरकारी संस्था गुठीले सहयोग हस्तान्तरण गरेको हो ।

जनस्तर तथा दाताहरूबाट स्व:स्फुर्त रुपमा संक्रमितको उपचारार्थ भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा ४ करोड ३२ लाख ९० हजार ९ सय ७८ रुपैयाँ बराबरको आर्थिक तथा भौतिक सहयोग प्राप्त भएकोमा उप–प्रमुख जोशीले खुशी व्यक्त गरिन् ।

यस्तै, धुलिखेल नगरपालिकालाई ५ वटा अक्सिजन कन्सनट्रेटर, १० वटा अक्सिजन सिलिण्डर र अन्य विविध स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइएको छ ।

समूहको अग्रसरतामा नेपाल राईजिङ्ग र इन्गेज नेपालको आर्थिक सहयोगमा ७० वटा कन्सनट्रेटर मेसिन विभिन्न अस्पतालमा र आइसोलेसन सेन्टरमा उपलब्ध गराईसकेको छ ।

त्यसै गरी यो समूहले मध्यपुर ठिमी नगरपालिकास्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा ४० वटा, धुलिखेल नगरपालिकामा ५ वटा, भक्तपूर नगरपालिकामा ५ वटा, ललितपुर महानगरपालिकामा ५ वटा, क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा १ वटा, काठमाडौं महानगरपालिका वडा नं १७ द्वारा संचालित आइसोलेसन सेन्टरलाई १ वटा, काठमाडौं महानगरपालिका वडा नं १५ स्थित कुमारी माजु डल्लु आवासको आइसोलेसन सेन्टरलाई १ वटा, तान्सेन मिसन अस्पतालाई २ वटा, विराटनगर महानगरपालिकालाई २ वटा, नगर अस्पताल सुर्खेतलाई २ वटा र महालक्ष्मी नगरपालिकालाई ५ वटा अक्सिजन कन्सनट्रेटर मेसिन हस्तान्तरण गरेको छ ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ७ : ०५ बजे

विश्व बैंकको १३ अर्ब १३ करोड ऋण स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले विश्व बैंकबाट प्राप्त हुने १०० मिलियन अमेरिकी डलर

अबदेखि सय रुपैयाँ दरको नोटमा नेपालको चुच्चे नक्सा

काठमाडौं- सरकारले १०० रुपैयाँ दरको नेपाली रुपैयाँको नोटमा चुच्चे नक्सा

मातातीर्थ औंशीमा चन्द्रागिरि नगरपालिकाले दियो सार्वजनिक बिदा

काठमाडौं– मातातीर्थ औंशीको अवसरमा वैशाख २६ गते चन्द्रागिरि नगरपालिले सार्वजनिक

अप्ठेरोमा मुख्यमन्त्री सोडारी, विश्वासको मत नपाउने भएपछि प्रदेशसभा बैठक स्थगित

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिन बोलाएको

रसिया–युक्रेन युद्ध : एक घाइते रोल्पालीको बकपत्र

मेरो घर रोल्पाको लुङग्री गाउँपालिकामा पर्छ । उमेरले म ४४