रक्ताल्पता (रगतको कमी) हुँदा खानु पर्ने खानेकुराहरू « Khabarhub

रक्ताल्पता (रगतको कमी) हुँदा खानु पर्ने खानेकुराहरू



रगतको अक्सिजन ओसारपसार गर्न सक्ने क्षमतामा आएको कमीलाई चिकित्सकीय भाषामा रक्तअल्पता वा एनेमिया भनेर भनिन्छ । यो रोगबाट संसारभर १ अरब ६२ करोड मान्छेहरू ग्रसित छन् । रक्तअल्पता हुँदा राता रक्तकोषहरूमा पाइने हेमोग्लोबिनको मात्रा घट्दछ । रगतमा हेमोग्लोबिनको मात्रा घट्यो भने रगतको अक्सिजन ओसार पसार गर्ने क्षमता पनि घट्छ । फलतः शरीरमा अक्सिजनको पर्याप्त आपूर्ति हुन सक्दैन । शरीरमा पर्याप्त मात्रामा अक्सिजनको  आपूर्ति हुन नपाउँदा अनेकौँ समस्याहरू देखा पर्दछन् ।

रक्तअल्पता धरै कारणले हुने गर्दछ तर आईरन र फोलिक एसिडको कमीले हुने रक्तअल्पता प्रचलित रक्तअल्पता हो । यस प्रकारको रक्त अल्पताबाट बच्नका लागि पर्याप्त मात्रामा आईरन र फोलिक एसिड भएको खानेकुराहरू खानुपर्ने हुन्छ।

आईरनको र फोलिक अम्लको स्रोतहरूः 

हामीले खाने खानामा आइरन र फोलिक अम्लको मूख्य स्रोत भनेको हरियो सागपात हो । विशेषत पालुङ्गोको  साग,  मेथीको साग, रायोको साग तोरीको साग हरियो सिमी, ब्रोकाउली, शलगम, सूठूनी, काजू, बदाम, किशमीश, चूकन्दर काबुली चना, माश, भट्टमाश, राजमाश, छोकडा, खजुर, अंजीर, तरभूज, खरभूजा, स्याउ, अङ्गुर, अम्बा, अनार, सुख्खा फलफूल, दाल गेडागुडी, बोडी, सूजी, तील, मटर सग्लो अनाज, आँप, अंजीर ओखर,  खुर्पानी अथवा एप्रीकोट, सग्लो अनाजका परिकारहरू आदि पनि आईरनको र फोलिक अम्लको राम्रो स्रोत हो ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ५ : ५५ बजे

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको