रक्ताल्पता (रगतको कमी) हुँदा खानु पर्ने खानेकुराहरू « Khabarhub

रक्ताल्पता (रगतको कमी) हुँदा खानु पर्ने खानेकुराहरू



रगतको अक्सिजन ओसारपसार गर्न सक्ने क्षमतामा आएको कमीलाई चिकित्सकीय भाषामा रक्तअल्पता वा एनेमिया भनेर भनिन्छ । यो रोगबाट संसारभर १ अरब ६२ करोड मान्छेहरू ग्रसित छन् । रक्तअल्पता हुँदा राता रक्तकोषहरूमा पाइने हेमोग्लोबिनको मात्रा घट्दछ । रगतमा हेमोग्लोबिनको मात्रा घट्यो भने रगतको अक्सिजन ओसार पसार गर्ने क्षमता पनि घट्छ । फलतः शरीरमा अक्सिजनको पर्याप्त आपूर्ति हुन सक्दैन । शरीरमा पर्याप्त मात्रामा अक्सिजनको  आपूर्ति हुन नपाउँदा अनेकौँ समस्याहरू देखा पर्दछन् ।

रक्तअल्पता धरै कारणले हुने गर्दछ तर आईरन र फोलिक एसिडको कमीले हुने रक्तअल्पता प्रचलित रक्तअल्पता हो । यस प्रकारको रक्त अल्पताबाट बच्नका लागि पर्याप्त मात्रामा आईरन र फोलिक एसिड भएको खानेकुराहरू खानुपर्ने हुन्छ।

आईरनको र फोलिक अम्लको स्रोतहरूः 

हामीले खाने खानामा आइरन र फोलिक अम्लको मूख्य स्रोत भनेको हरियो सागपात हो । विशेषत पालुङ्गोको  साग,  मेथीको साग, रायोको साग तोरीको साग हरियो सिमी, ब्रोकाउली, शलगम, सूठूनी, काजू, बदाम, किशमीश, चूकन्दर काबुली चना, माश, भट्टमाश, राजमाश, छोकडा, खजुर, अंजीर, तरभूज, खरभूजा, स्याउ, अङ्गुर, अम्बा, अनार, सुख्खा फलफूल, दाल गेडागुडी, बोडी, सूजी, तील, मटर सग्लो अनाज, आँप, अंजीर ओखर,  खुर्पानी अथवा एप्रीकोट, सग्लो अनाजका परिकारहरू आदि पनि आईरनको र फोलिक अम्लको राम्रो स्रोत हो ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ५ : ५५ बजे

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका