एमाले अध्यक्ष ओली र उपाध्यक्ष रावलबीच भेटवार्ता « Khabarhub

एमाले अध्यक्ष ओली र उपाध्यक्ष रावलबीच भेटवार्ता


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमाले एकताको प्रयासस्वरूप अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार राति ९ बजेदेखि ओली र रावलबीच करिव डेढ घण्टा कुराकानी भएको हो ।

वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसंग भेट्न अस्वीकार गरेपछि ओलीले रावलमार्फत् सहमतिको प्रयास गरेका हुन् ।

ओलीले देउवालाई प्रधानमन्त्री बनाउन नेपाल पक्ष २३ सांसदले गरेको हस्ताक्षर फिर्ता लिन आज साँझ ५ बजेसम्मको समयसीमा दिएका छन् ।

तर हस्ताक्षर फिर्ता नहुने नेपाल पक्षले जनाइसकेको छ । ओलीले भने हस्ताक्षर फिर्ता गर्दै एमालेमै रहन वा एमाले छाडेर गठबन्धन रोज्न नेपाल पक्षलाई चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ६ : २५ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी