‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड’को तयारी « Khabarhub

‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड’को तयारी


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डेढ दशकदेखि नेपाली फिल्म, म्युजिक भिडियो, वृत्तचित्र निर्माणसँगै गीतसंगीत उत्पादन, वितरण गर्दै आएको क्लालिटी फिल्मसले ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८’ आयोजना गर्ने भएको छ ।

फिल्मसका अध्यक्ष उमेश गुरुङले नेपाली गीतसंगीत क्षेत्रको प्रवद्र्धन तथा प्रोत्साहनसँगै ‘सर्जकलाई सम्मान, गुणस्तरीय सिर्जनालाई प्रोत्साहन’ भन्ने नाराका साथ अवार्ड आयोजना गर्न लागेको बताए ।

अवार्डको लागि असार १७ गतेबाट फाराम खुल्ला गरिएको छ । क्वालिटी फिल्मसको कार्यालय अनामनगर र अनलाइनमार्फत भर्न सकिने यो फारामको म्याद साउन १५ सम्म तोकिएको छ ।

अध्यक्ष गुरुङका अनुसार यो अवार्ड विविध ४७ विधामा प्रदान गरिने छ । गीतसंगीततर्फ, गायिक, गायिका, संगीतकार, गीतकार, संगीत संयोजक, म्युजिक कम्पनी, रेकर्डिस्ट, म्युजिक भिडियो निर्देशक, छायाकार, सम्पादक, अभिनेता अभिनेत्रीलाई अवार्ड प्रदान गरिने छ ।

यस्तै फिल्म विधाको गीतसंगीत, स्कृप्ट, अभिनय, निर्देशनजस्ता विधामा अवार्ड प्रदान गरिने छ । फेशन विधामा फेशन स्टाइल, कस्ट्युम डिजाइनजस्ता विधामा अवार्ड प्रदान गरिने भएको छ । यी विधामा डायस्पोरातर्फ पनि अवार्ड प्रदान गरिनेछ ।

अवार्डको लागि २०७६ बैशाख १ बाट २०७८ असार मसान्त सम्म रेकर्ड भएर सार्वजनिक रुपमा आएका गीतसंगीत, म्युजिक भिडियो, फिल्म, सट फिल्म, फेशन कार्यक्रम, मोडलिङजस्ता विधाले भाग लिन पाउने छन् ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ११ : ३० बजे

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक

प्रजातन्त्र पुनर्स्थापना भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ– नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम