अफगानिस्तानमा तालिवान समूह पाकिस्तानको प्रोक्सी युद्ध लडिरहेको छः सुरक्षा सल्लाहकार मोहिब | Khabarhub Khabarhub

अफगानिस्तानमा तालिवान समूह पाकिस्तानको प्रोक्सी युद्ध लडिरहेको छः सुरक्षा सल्लाहकार मोहिब


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल(अफगानिस्तान टाइम्स)–अफगानिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार मोहिबले तालिवानी समूह पाकिस्तानको अघोषित प्रोक्सी युद्ध लडिरहेको टिप्पणी गरेका छन ।

उनले तालिवानी समूहले अफगानिस्तानमा शान्तिलाई समाप्त पार्ने किसिमले पाकिस्तानको प्रोक्सी युद्ध लडिरहेको टिप्पणी गरेका हुन् ।

उनले तालिवान नेता हिबतुल्लाह अखण्डजादाले समूहका अधिकारीहरूसँग कुनै बैठक गरेका नगरेको पनि स्पष्ट पारेका छन् । १२ महिना बितिसक्दा पनि हाइबुल्लाहको बारेमा कुनै खबर नभएको समेत उनले बताएका छन् ।

‘तालिवानलाई पनि १२ महिनादेखि मुल्ला हैबतुल्लाहको बारेमा थाहा छैन । हामीले पहिले थाहा पाउनु पर्छ कि हाईबुल्लाह छ कि छैन ? तालिवानले यसको जवाफ दिनुपर्दछ कि ऊ कहाँ छ, कसैले उसलाई देखेका छैनन्, खुफिया सूचनाले यसको पुष्टि गर्दछ,’ उनले भने ।

उनका टिप्पणीहरू देशभरिका सुरक्षा फौज र तालिवानबीच भएको गहन लडाईको बीचमा आएका हुन् ।

राष्ट्रिय सुरक्षा निदेशालयका प्रमुख अहमद जिया सरजले गत हप्ता तालिवानको लागि सबैभन्दा घातक रहेको बताएका थिए । जसमा एक हजारभन्दा बढी तालिवानी आतंकवादी मारिएको र घाइते भएको बताइएको छ ।

सरजका अनुसार उच्च संख्यामा मारिएकाहरुले तालिवान नेतृत्वमा दबाब दिएको छ । तर तालिवानीका प्रवक्ता जबीउल्लाह मुजाहिदले अफगानी अधिकारीको टिप्पणीलाई ‘झूटा प्रचार’ भनेर खण्डन गरेको छ । टिप्पणीहरूलाई आधारहीन र प्रचारप्रसार र निःसन्देह गलत भनेको बताइएको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  १२ : ०० बजे

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका