नेपाली सेनाले प्रहरीलाई दियो ३ सय थान हतियार, यो वर्षभित्र ११ हजार थान दिने « Khabarhub

नेपाली सेनाले प्रहरीलाई दियो ३ सय थान हतियार, यो वर्षभित्र ११ हजार थान दिने


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाले नेपाल प्रहरीलाई सरकारको निर्णय बमोजिम पहिलो चरणमा ३ सय थान हतियार उपलब्ध गराएको छ ।

करिब ११ हजार थान साना/ठूला हतियार, गोली र त्यसमा प्रयोग हुने सामग्री प्रदान गर्ने उपलब्ध गराउने सरकारको निर्णयअनुसार पहिलो चरणमा उक्त हतियार दिएको हो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रममा बीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई पहिलो चरणमा ३ सय थान हतियार र गोली तथा सामाग्री हस्तानान्तरण गरेका छन् ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनलायका अनुसार नेपाल प्रहरीलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठूला कार्यक्रमहरु संचालन गर्ने प्रयोजनका लागि भनी नेपाल सरकार, मन्त्रिपरिषद्को २०७८ जेष्ठ १७ गतेको निर्णय बमोजिम नेपाली सेनाले कुनै पनि मूल्य नलिई हतियार हस्तानान्तरण गरेको हो ।

सेनाले प्रहरीलाई विभिन्न प्रकारका राइफल र मेशिन गनहरु गरी १० हजार ८ सय १८ नाल र सोको एम्युनिशन गोटा १४ लाख ९४ हजार १६ उपलब्ध गराउने छ ।

हतियार तथा एम्युनिशन तीन चरणमा उपलव्ध गराउने योजना अनुसार बाँकी हतियार तथा एम्युनिशन २०७९ साल बैशाख महिनासम्ममा हस्तान्तरण गरिने सेनाले जनाएको छ । यस्तै उपलब्ध गराईएका हतियारहरूको मर्मत तथा प्रयोगको तालिम समेत नेपाली सेनाद्वारा नेपाल प्रहरीलाई प्रदान गर्ने योजना रहेको सेनाले जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  २ : १५ बजे

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन

रवि लामछिानेको रिट ‘हेर्दाहर्दै’ मा, मंगलबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध

गतलाङका महिलाको सङ्घर्ष झल्काउने तस्बिर प्रदर्शनी सुरु

काठमाडौं– रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–३ स्थित गतलाङ गाउँका महिलाको जीवनसंघर्षलाई

ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

चितवन–  यहाँको रत्ननगर नगरपालिका–९ निपनीमा आज ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा