वाग्मती प्रदेशसभाको बैठक आज पनि अवरुद्ध « Khabarhub

वाग्मती प्रदेशसभाको बैठक आज पनि अवरुद्ध


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाग्मती प्रदेशको सोमबारको बैठक पनि अवरुद्ध भएको छ ।

सोमबार बसेको बैठकको सुरुवातमै प्रतिपक्षी दलहरुले अवरोध गरेपछि संसद बैठक अनिश्चितकालको लागि स्थगित भएको हो । सोमबार बैठक सुरु हुनेबितिकै प्रतिपक्षी दलहरुले उठेर विरोध जनाएका थिए ।

नेकपा माओवादीको संसदीय दलको नेता शालिकराम जम्कट्टेलले प्रदेश सरकारले ल्याएको बजेट प्रदेशबासीको हितविपरीत भएको भन्दै त्यसलाई सच्याएर नल्याएसम्म संसद चल्न नदिने बताउनुभयो । उहाले सरकारले अपारदर्शी ढंगले बजेट ल्याएको आरोप पनि लगाए ।

सभामुखले बस्नका लागि पटक पटक आग्रह गर्दा पनि प्रतिपक्षी दलले उठेर बिरोध जनाएपछि बैठक अर्को सूचना नआएसम्मको लागि बैठक स्थगित गरिएको हो । सरकारले पार्टी र गुटगत रुपमा असन्तुलित बजेट ल्याएको भन्दै प्रतिपक्षी दलहरुले प्रदेशसभामा लगातार विरोध गर्दै आएका छन् ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  १० : ०१ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले