कमला पुल भासिएको विषयमा उच्चस्तरीय छानबिनको माग « Khabarhub

कमला पुल भासिएको विषयमा उच्चस्तरीय छानबिनको माग

डिजाइन नै गलत भएको पूर्वमन्त्री झाको आरोप


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कमला खोलामा आएको बाँढीले पुल भासिएपछि गुणस्तर र डिजाइनबारे छानबिन गर्न माग गरिएको छ । डिजाइन गल्त भएको र डिजाइन अनुसार काम नभएको भन्दै विभिन्न राजनीतिकर्मी, संघ संस्था र प्रदेश सरकारले माग गरेका हुन् ।

कमला जलाधार संरक्षण अभियानले धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई ज्ञापन पत्र बुझाउँदै उच्च स्तरीय छानबिन गर्न माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकष्र्ण हुने गरी बुझाइएको ज्ञापन पत्रमा उच्चस्तरीय छानबिन समिति गठन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ। पुल नहुँदा जनतालाई निकै सास्ती भएको भन्दै पुनर्निर्माण पनि तुरुन्तै गर्न ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

यस्तै, पुलको निरीक्षण गर्न पुगेका पूर्वमन्त्री रामचन्द्र झाले गलत डिजाइनकै कारण पुल भासिएको आरोप लगाए । ‘एक त डिजाइन नै गलत थियो । डिजाइनअनुसार काम पनि भएन । त्यसैले पुल भासियो । मैले त शिलान्याशको बेला नै डिजाइन सच्याउन भनेको थिएँ,’ उनले भने, ‘पुल कम्तीमा एक हजार मिटरको बन्नुपर्थ्यो । आठ सय मिटरको मात्रै बन्दा भासिएको छ ।’

उनका अनुसार पिलरको गहिराई ३७ मिटर हुनुपर्ने सम्झौतामा उल्लेख छ । तर १७ मिटर मात्रै गहिराइमा पिलर खडा गरिएको छ । यसो हुनुमा ठूलो रकमको चलखेल भएको शंका गरिएको छ । तत्कालिन डिभिजन ईन्जिनियर अर्जुन यादवको मिलोमतोमा पप्पु कन्ट्रक्सनले गुणस्तरहीन काम गरेको पूर्वमन्त्री झाको आरोप छ ।

सञ्चालन नुहँदै पुलको पिलर भासिएपछि सिरहा र धनुषाका प्रमुख जिल्ला अधिकारीले पनि गृह मन्त्रालयलाई छानबिन गर्न प्रतिवेदन पठाएका छन् । धनुषाका प्रजिअ बास्तोला र सिरहाका सिडियो प्रदीपराज कणेलले छानबिन गर्न सरकारसंग अनुरोध गरेका छन् ।

यस्तै, प्रदेश २ को भौतिक पूर्वाधार मन्त्रालयले पनि सडक विभागलाई छानबिन गर्न निर्देशन दिएको छ । मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले सडक विभागलाई पुल भासिनुको कारणबारे सत्यतथ्य बुझ्न छानबिन समिति गठनको निर्देशन दिएका हुन् ।

‘पलको डिजाइन, प्रयोग भएको निर्माण सामग्रीसहितका विषयमा सत्यतथ्य बुझ्न सडक विभागलाई छानबिन समिति बनाउन निर्देशन दिएको छु,’ उनले भने, ‘कहीकतै अनियमितता भएको छ भने दोषीमाथि कारबाही हुन्छ ।’ यस्तै सिरहामा युवाहरुले छानबिन गर्न माग गर्दै विरोध प्रर्दशनसमेत गरेका छन् ।

चार सय ७० मिटर लामो पुल निर्माणका लागि २०६८ सालमै पप्पु–लुम्बिनी बिल्डर्सले ठेक्का लिएको थियो । शुरूमा पप्पुले मात्र काम गरेको थियो । करिब ३५ प्रतिशत काम सकाएको पप्पुले घाटा लाग्ने अवस्था देखेपछि हात झिकेको थियो । त्यसपछि लुम्बिनी बिल्डर्सले बाँकी काम गरेको हो ।

भाँसिएको स्पान निर्माणको काम पप्पुले नै गराएको भन्दै लुम्बिनी बिल्डर्सले माथिको काम मात्र गरेको प्रजिअ कणेलले बताए । पुल ४२ महिनामा निर्माण हुनुपर्नेमा झण्डै १० वर्षपछि मात्रै निर्माण पूरा भएको थियो । तर हस्तान्तर नहुँदै भासिएको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ८ : १५ बजे

भारतीय बलरविरुद्ध चलेन पाकिस्तानी ब्याटिङ, ६१ रनले पराजित

काठमाडौँ – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

भारतविरुद्ध पाकिस्तानको संघर्ष, गुमायो ७ विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

चलेन बाबर आजमको ब्याटिङ, ५ रनमा आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या

काठमाडौँ- सर्लाहीको मंगलवामा गोली हानी हत्या गरिएको छ । आइतबार

पाकिस्तानले पहिलो ओभरमै गुमायो विकेट, साहिबजादा फरहान शुन्य रनमै आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको