हस्तान्तरण अन्योलले प्रदेशकै ठूलो आयुर्वेद चिकित्सालय सञ्चालनमा विलम्ब | Khabarhub Khabarhub

हस्तान्तरण अन्योलले प्रदेशकै ठूलो आयुर्वेद चिकित्सालय सञ्चालनमा विलम्ब


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- कमल गाउँपालिका–७ मा प्रदेशकै ठूलो पूर्वाधारयुक्त पूर्वाञ्चल आयुर्वेदिक चिकित्सालयको भवन बने पनि हस्तान्तरणको अन्योलले सञ्चालनमा विलम्ब भएको छ ।

दुई बिघा एक धुर क्षेत्रफलमा फैलिएको चिकित्सालयको ५० शय्याको अस्पताल भवन सङ्घीय सरकारको सहयोगमा रु २० करोड ५१ लाखको लागतमा हालै सम्पन्न भएको छ ।

यसलाई आयुर्वेद शिक्षामा आधारित प्रदेशकै एकमात्र मेडिकल कलेजका रूपमा विकास गर्ने सङ्घीय सरकारको योजना छ ।

गत असार २५ गते निर्माण कम्पनीले चिकित्सालयको भवन सघन शहरी विकास तथा भवन निर्माण कार्यालय झापालाई जिम्मा लगाइसकेको छ तर सङ्घीय कि प्रदेश सरकारलाई भवन हस्तान्तरण गर्ने भनेर उपल्लो सरकारी तहबाट कुनै निधो नआउँदा सञ्चालनमा ढिलाइ भएको हो ।

विसं २०७५ भदौ ७ गते निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सालयको शिलान्यास गरेका थिए । भवन तीन तलाको बनेको छ । हालसम्म सङ्घीय सरकारले प्रदेशलाई भवन हस्तान्तरण गरिनसकेको हुँदा उद्घाटनमा विलम्ब भएको हो ।

“चिकित्सालयको भवन निर्माण भइसक्यो”, सघन शहरी विकास तथा भवन निर्माण कार्यालय झापाका इञ्जिनीयर भूपेन्द्रकुमार यादवले भने, “अस्पताल सङ्घीय सरकार वा प्रदेश सरकार कसलाई बुझाउने भन्नेबारे अन्योल छ । माथिल्लो तहमा कुरा भइरहेको छ, सायद छिट्टै समाधान होला ।”

प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी सदानन्द भट्टराईले सो अस्पताल सङ्घीय सरकारबाट प्रदेश सरकारको मातहतमा ल्याउने तयारी भइरहेको बताए ।

उनले प्रदेश मातहतमा अस्पताल आइसकेपछि सञ्चालनका लागि भनेर सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०७८/०७९ मा रु एक करोड बजेट विनियोजन गरेको जानकारी दिए ।

“अस्पताल प्रदेशको मातहत नआइसकेकाले थोरै बजेट छुट्याइएको छ । प्रदेशलाई जिम्मेवारी आएसँगै जनशक्ति र पूर्वाधार थपेर चिकित्सालय सञ्चालन गरिनेछ”, उनले भने, “अर्को आवबाट कार्यालयले पर्याप्त बजेट छुट्याएर विशेष किसिमको सेवा शुरु गर्नेछ ।”

कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले चिकित्सालयलाई प्रदेशस्तरीय आयूर्वेदिक अस्पतालका रूपमा सञ्चालनमा ल्याइने र आयुर्वेद चिकित्साशास्त्रको पढाइ हुने मेडिकल कलेज नै बनाउने योजना रहेको बताइन् । आयुर्वेद मेडिकल कलेज बनाउने भनेरै अहिले भौतिक संरचना तयार पारिएको उनको भनाइ छ ।

“आम मानिसको आयुर्वेदिक उपचार पद्धतिप्रति विश्वास बढेको छ”, उनले भनिन्, “तर जिल्लामा प्रायः कवि र वैद्यहरुबाट मात्र उपचार भइरहेको हुँदा विशेषज्ञ चिकित्सक उत्पादनका लागि मेडिकल कलेज आजको आवश्यकता हो ।”

चिकित्सालयमा इमर्जेन्सी, ओपिडी, प्रसूति सेवा र आइसियु कक्षका लागि छुट्टाछुट्टै ब्लक बनाइएको छ भने योगाका लागि छुट्टै हलको व्यवस्था गरिएको छ । आगामी भदौको पहिलो हप्ताबाट अस्पताल सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताइन् ।

सो भवनको निर्माणका लागि रविना खनाल जेभीले २०७५ साल असार ३१ गते ठेक्का पाएको थियो । दुई वर्षको अवधिमा निर्माण सक्ने सम्झौतामा उल्लेख भए पनि कोभिड–१९ को महामारीका कारण काम प्रभावित भएको भन्दै कम्पनीले थप नौ महिनामा भवनको निर्माण सम्पन्न गरेको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  ९ : ५५ बजे

चन्द्रागिरि नगरपालिकाद्वारा युवालाई ‘डिजिटल’ तालिम

काठमाडौं– चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रका शिक्षित युवालाई‘‘डिजिटल’ सीप प्रदान गरी

सामाजिक सुरक्षाको बृहत्तर अवधारणामा सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सामाजिक सुरक्षाको बृहत्तर

मुग्लिन–पोखरा सडक : पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो

तनहुँ– मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डको म्याद दोस्रोपटक थप भएको छ

बीपी कोइराला क्यान्सर अस्पतालमा बालबालिकाको निःशुल्क उपचार सुरु

चितवन– बीपी कोइराला मेमोरियल अस्पतालले बालबालिकाको निःशुल्क उपचार सुरु गरेको

व्यावसायिक सिँगडाखेतीबाट लाखौँको आम्दानी

बाँके– जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपले व्यावसायिक सिँगडाखेती (पानी