अमेरिकामा चिनियाँ स्टकमा सन् १३ वर्ष यताकै सबैभन्दा ठूलो गिरावट « Khabarhub

अमेरिकामा चिनियाँ स्टकमा सन् १३ वर्ष यताकै सबैभन्दा ठूलो गिरावट


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनको आफ्नो टेक्नोलोजी र शिक्षा क्षेत्रको व्यापक क्र्याकडाउनले विश्वबजारमा चीनलाई ठूलो झड्का लागेको छ ।

अमेरिकामा सूचीबद्ध चिनियाँ स्टकबाट मात्र पछिल्लो पाँच महिनामा ७६९ बिलियन अमेरिकी डलरले गिरावट भएको छ ।

अमेरिकामा सूचीबद्ध चीनका ९८ प्रतिशत ठूला फर्महरुको ट्रयाक गरेको नास्डैक गोल्डेन ड्र्यागन चाइना सूचकांकमा ७ प्रतिशतले गिरावट आएको छ । चीनले शिक्षा क्षेत्रमा ल्याएको विवादास्पद कानूनपछि उक्त गिरावट आएको हो ।

चीनले विद्यालयमा कुनै पनि नयाँ एपहरु प्रयोग गरेर पठनपाठन गर्न नपाइने कानून बनाएको छ । चीन सरकारले यस्ता सबै क्रियाकलापहरुको निगरानी गर्नेसमेत जनाएको छ । जसले गर्दा शिक्षा र प्रविधि क्षेत्रमा ठूलो चोट परेको छ ।

शुक्रबार ८.५ प्रतिशतले गिरावट आएको छ भने भने सोमबार र शुक्रबारको गरि १५ प्रतिशत गिरावट भएको छ । यो चीनलाई सन् २००८ को आर्थिक संकटपछिको सबैभन्दा ठूलो झड्का लागेको बताइएको छ ।

“पछिल्ला घटनाहरुले तर्कसंगत रुपमा हाइलाइट गर्दछ कि अधिकारीहरु केही बर्ष पहिलेको तुलनामा अब आफ्नो फराकिलो राजनीतिक लक्ष्य हासिल गर्नको लागी लगानीकर्ताहरुलाई अप्ठ्यारोमा पार्न खोजी रहेका छन्,” क्यापिटल इकोनोमिक्सका वरिष्ठ बजार अर्थशास्त्रीहरु ओलिभर जोन्सले भने,”यो मोर्चामा अब के हुन्छ भनेर ठ्याक्कै भन्न गाह्रो छ तर सन्तुलनमा भने इक्विटीमा हुने नकारात्मक जोखिम बढेको जस्तो देखिन्छ ।”

केही ठूला लगानीकर्ताहरु पहिले नै आफ्नो शेयर अनलोड गर्न थालेका छन् । क्याथी वुडको प्रमुख आर्क इनोभेसन ईटीएफले फेब्रुअरीमा ८ प्रतिशतको उच्च बिन्दुबाट यस महिनाको चिनियाँ शेयरको होल्डिङ ०.५ प्रतिशत कम भएको बताएका छन् ।

स्रोत : ब्लोमबर्ग

 

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  ११ : २५ बजे

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी