स्तनपान बारेमा ५ भ्रम र वास्तविकता | Khabarhub Khabarhub

स्तनपान बारेमा ५ भ्रम र वास्तविकता


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संसारभर अगष्ट १ देखि ७ सम्म विश्व स्तनपान दिवस मनाइदै छ । यस अवधीमा महिलालाई स्तनपानबारे जानकारी दिइन्छ । स्तनपान सम्बन्धी फैलिएका केही भ्रम र झुटका बारेमा दिवसको अवसरमा वास्तविकतासहित प्रकाश पार्नेछौं ।

भ्रम
स्तनको आकार सानो भए बच्चाकालागि पर्याप्त दूध आउँदैन ।

वास्तविकता
स्तनपानकालागि स्तनको आकारको कुनै भूमिका हुदैँन । आमा स्वस्थ रहे बच्चालाई खुवाउन पर्याप्त दूध आउने गर्दछ ।

भ्रम
स्तनपानले बच्चालाई मात्र फाइदा पुर्याउँछ ।

वास्तविकता
यदि कुनै महिलाले नियमित स्तनपान गराउँछिन् भने यसले केवल बच्चालाई मात्र फाइदा पुर्याउँदैन । यसले आमालाई स्तन क्यान्सरको खतराबाट जोगाउँछ ।

भ्रम
स्तनपान गराउँदा स्तनको आकारमा परिवर्तन हुन्छ ।

वास्तविकता
स्तनपान गराउँदा स्तनको आकारमा कुनै फरक पर्दैन । यो थप स्वस्थ हुने गर्दछ ।

भ्रम
आमाको स्वास्थ्य बिग्रिए बच्चालाई स्तनपान गराउनु हुँदैन ।

वास्तविकता
आमाको स्वास्थ्य खराब हुँदा पनि बच्चालाई स्तनपान गराउन सकिन्छ । यसले बच्चाको स्वास्थ्यलाई नकारात्मक असर पुर्याउँदैन ।

भ्रम
बच्चालाई आमा दूधभन्दा पाउडर दूध राम्रो हुन्छ ।

वास्तविकता
आमाको दूधमा एन्टीबडिज, लिभिङ सेल्स, इन्जाइम र हर्मोन हुने गर्दछ । यो पाउडर वा फर्मुला मिल्क भन्दा धेरै फाइदाजनक हुन्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  १२ : १५ बजे

एक सयभन्दा धेरै बोइङ जहाज किन्ने कोरियन एयरको योजना

वाशिङ्टन डीसी- कोरियन एयरले एक सयभन्दा बढी बोइङ विमान खरिद

सिद्धार्थ बैंकले दिएको लाभांश लिन गएनन् लगानीकर्ता

काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले दिएको लाभांश लिन लगानीकर्ता नगएको

शिवजीको पूजा र ‘सेल्फी’मा रमाउँदै महिला (तस्बिरहरू)

काठमाडौं– भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज पर्व मंगलबार देवाधिदेव

सरकारले उखु किसानका माग पूरा गर्नुपर्छ : डा. कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आन्दोलनरत उखु

महालक्ष्मी विकास बैंकको कम्पनी सचिवमा पन्त

काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडको कम्पनीको सचिवमा सोमराज पन्त