यथाशक्य सरकारलाई पूर्णता दिनुपर्छ : डा. महत « Khabarhub

यथाशक्य सरकारलाई पूर्णता दिनुपर्छ : डा. महत


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. रामशरण महतले यथाशक्य सरकारलाई पूर्णता दिनुपर्ने बताएका छन् ।

रिपोटर्स क्लब नेपालले बिहीबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले सरकार गठन भएको लामो समयसम्म पनि पूर्णता पाउन नसक्नु गलत भएको बताए ।

उनले वर्तमान सरकारले यसअघिको सरकारले गरेका गलत कामलाई खारेज गर्नुपर्ने र कमजोरीहरु सच्याउनुपर्नेपनि धारणा राखे ।

त्यस्तै सरकारले जतिसक्दो चाँडो पूर्ण बजेट ल्याउनुपर्ने पनि उनले बताए । यसअघि अध्यादेशबाट ल्याईएको बजेटलाई प्रतिस्थापन गर्नको लागि पनि नयाँ पूर्ण बजेट ल्याईनुपर्ने पूर्वमन्त्री समेत रहेका महतको भनाइ छ । महतले राजनीतिक नियुक्ति गर्दा योग्य र सक्षम व्यक्तिलाई उचित जिम्मेवारी दिनुपर्ने बताए ।

डा. महतले भदौमै महाधिवेशन हुने सम्भावना लगभग समाप्त भएको पनि बताए ।

अहिलेसम्म क्रियाशील सदस्यताको विवाद टुँगो नलागेकोले तोकिएकै समयमा महाधिवेशन हुने सम्भावना नरहेको उनको भनाइ छ ।

तोकिएकै मितिमा महाधिवेशन हुन नसक्ने भएपछि अब के गर्ने ? भन्नेबारे पनि छलफल सुरु भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  १० : ०१ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार