बालबालिकाको सघन उपचारबारे मेडिसिटी अस्पतालद्वारा प्रशिक्षण « Khabarhub

बालबालिकाको सघन उपचारबारे मेडिसिटी अस्पतालद्वारा प्रशिक्षण


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– नेपाल मेडिसिटी अस्पतालका नर्सहरुले बालबालिकाको सघन उपचार गुणस्तरीय कसरी बनाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण संचालन गरेका छन् ।

साउन १८ गते देखि २१ गतेसम्म अस्पतालमै संचालन भएको प्रशिक्षण कार्यक्रममा २० जना बालरोग विभागमा कार्यरत नर्सहरुले विभिन्न विषयमा प्रशिक्षण​ प्राप्त गरेका छन् । कोरोनाभाइरसको तेस्रो भेरियन्टले बालबालिकामा असर गर्नसक्ने तर्फ सरकारले सचेत गराइरहेको बेला अस्पतालले तयारी थालेको हो ।

बाल सघन उपचारमा आवश्यक पर्ने सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गर्न प्रशिक्षण कार्यक्रममा आईसीयु सेवा, मेकानिकल भेन्टिलेटर, संक्रमण न्युनिकरण, बिरामी सुरक्षा तथा गुणस्तरीय उपचार, स्तन पान बारे जनचेतना, खानपान सन्तुलन, फिजियोथेरापी, तथा अन्य नैतिकताका विषयहरुलाई समेटिएको थियो ।

नेपाल मेडिसिटी अस्पतालको बाल रोग विभाग प्रमुख डा. आना शर्मा तथा नवजात शिशु रोग विभाग प्रमुख डा. सुचिता श्रेष्ठ जोशीले सघन उपचारबारे तालिम प्रदान गरेका थिए । कार्यक्रममा गुणस्तर तथा बिरामी सुरक्षा, प्रशिक्षण विभाग, पोषण विभाग, नर्सीङ एडुकेटर लगायतको टोली संलग्न थियो ।

सघन उपचारका हरेक विषयलाई समेटेको प्रशिक्षण कार्यक्रमबाट सहभागि नर्सहरुले आफ्नो क्षमता अभिवृद्धि गरी कुनैपनि आपत्कालिन अवस्थामा बालबालिकाहरूलाई उत्कृष्ट सेवा प्रदान गर्न सक्ने डा. आना शर्माको अपेक्षा छ । उनले यस किसिमका प्रशिक्षण कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिइने बताइन् ।

नेपाल सरकारले तेस्रो भेरियन्टको प्रभाव बालबालिकामा पर्न सक्ने बारे सु–सूचित गरिरहेको अवस्थामा यस किसिमको प्रशिक्षणले त्यस्तो परिस्थिती आइहाले तयारी अवस्थामा रहन सहयोग पु¥याउने विश्वास लिएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  ७ : १६ बजे

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको