महिनावारीका बेला के गर्ने ? « Khabarhub

महिनावारीका बेला के गर्ने ?


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक महिना महिलालाई महिनावारी हुनु सामान्य हो । प्राकृतीक रुपमै किशोर अवस्थापछि वयस्कसम्म महिलालाई हरेक महिना महिनावारी हुने गर्दछ । महिनावारीको क्रममा महिलामा विभिन्न शारीरिक र मानसिक परिवर्तन हुने गर्दछ ।

महिनावारीमा महिलाले आफ्नो पार्टनर श्रीमानसँग सहयोग र सहानुभूतीको आशा गर्दछन् । आशा अनुरुप नतिजा पाए महिलाहरुको आधा पीडा कम हुने गर्दछ । पुरुषले महिला महिनावारी हुँदा फोहोर वा असामान्य गतिविधीको रुपमा व्यवहार गर्नु हुँदैन । त्यसो भए महिनावारीको क्रममा पुरुषले के गर्ने त ?

– महिनावारी भएको बेला पुरुषले आफ्नो पार्टनरलाई कामकाजमा सहयोग गर्नु पर्दछ ।
– यो बेला महिलामा शारिरिक र मानसिक परिवर्तन हुने हुदाँ उनको मुडलाई बुझ्नु पर्दछ ।
– महिनावारीमा महिलामा चिड्चिडापन बढ्ने गर्दछ, त्यसैले उनलाई दिक्क लगाउनु हुदैँन ।
– महिनावारी हुँदा पेट दुख्छ त्यसैले यसलाई समाधानको कोशिस गर्नु पर्दछ ।
– यो बेला श्रीमानले हट वाटर ब्याग दिएर पेट दुखाईबाट राहत पाउन सघाउनु पर्दछ ।
– डार्क चकलेटमा हुने फ्लेवनाइड्सले मूडलाई राम्रो बनाउँछ, त्यसैले यो ख्वाउन सकिन्छ ।
– केरा, मेवा जस्ता फलफूल र हरिया तरकारीले महिनावारीको समस्यालाई कम गर्दछ ।
– महिनावारीमा कम्मर दुख्ने हुन्छ त्यसैले हल्का हातले मसाज गर्दा यसले राहत दिन्छ ।
– यो बेला हल्काफूल्का व्यायाम वा योगाबाट पेट र ढाड दुखाईबाट राहत प्राप्त हुन्छ ।
– महिनावारी हुँदा शरिरमा जति पानी हुन्छ, पीडा त्यति नै कम हुने गर्दछ ।
– पार्टनरलाई महिनावारी हुँदा धेरै काम गर्न नदिने, आराम गर्दा समस्या कम हुन्छ ।
– यो बेला पार्टनरलाई चिया–कफी वा मसालेदार खानेकुरा नदिने । यसले पीडा बढाउँछ ।
– यदि रक्तश्राव अत्यधिक भइरहेको छ भने तुरुन्तै डाक्टरलाई भेट्न जानु पर्दछ ।

महिनावारीका बेला महिलाले किचनमा जान नहुने, खानपिनका वस्तुहरु छुन नहुने जस्ता भ्रममा पर्नु हुदैँन । यसमा कुनै पनि वैज्ञानिक आधार छैन । केवल सफाईमा ध्यान दिएर महिलाले अन्य बेलामा झै जे पनि काम गर्न मिल्दछ ।विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ११ : २४ बजे

बैतडीबाट दामोदर भण्डारीको मनोनयन दर्ता

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

झापा–५ मा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५

झापामा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप

काठमाडौं- झापामा उम्मेदवारी दर्ता गराउने क्रममा नेकपा एमाले र राष्ट्रिय

भोजपुरबाट शेरधन राईको मनोनयन दर्ता

टक्सार– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा

रेनु दाहालद्वारा चितवन–३ बाट उम्मेदवारी दर्ता

काठमाडौं– चितवन क्षेत्र नम्बर ३ मा नेकपाका उम्मेदवार रेनु दाहालले