शेयर बजारमा पहिरो, ५ प्रतिशत घटेपछि बजारमा सर्किट ब्रेकर | Khabarhub Khabarhub

शेयर बजारमा पहिरो, ५ प्रतिशत घटेपछि बजारमा सर्किट ब्रेकर


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयर बजारमा साताको पहिलो दिन आइतबार भारी गिरावट आएको छ । आइतबार कारोबार शुरु भएको २ घण्टामै नेप्से परिसूचक ५ प्रतिशतले घटेपछि सर्किट ब्रेकर लागेको हो ।

१२ः ५९ मा नेप्सेमा सर्किट ब्रेकर लागेको हो। सो बेलासम्म १४७ अंकले घटेको छ। सो अंकको गिरावटपछि परिसूचक २७७९ मा कायम भएको छ। अब ४० मिनेटपछि बजार फेरि खुल्नेछ।

बजार खुलेको पहिलो घण्टामा ४ प्रतिशतसम्म घटबढ हुन सक्ने व्यवस्था छ भने खुलेको दुई घण्टाभित्र ५ प्रतिशतसम्म घटबढ हुन सक्छ। दिनभरमा ६ प्रतिशतभन्दा धेरै घटबढ हुन पाउँदैन।

राष्ट्र बैंकले एक व्यक्ति वा परिवारले सेयर खरिदका लागि शेयर नै धितो राखेर बैंक तथा वित्तीय संस्थाहरुबाट १२ करोडभन्दा बढी ऋण नपाउने व्यवस्था गरेको छ।

आइतबार ३० वटा कम्पनीको शेयर मूल्य १० प्रतिशत घटेपछि नकरात्मक सर्किट लागेको छ । पाँचवटा कम्पनीको शेयर मूल्यमात्र बढेको छ । सानिमा लाइफ इन्स्योरेन्स, मनकमाना लघु वित्तको शेयर मूल्य बढेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  १ : ४८ बजे

एमाले कुनै मोर्चाको पक्षमा छैन : ईश्वर पोखरेल

गण्डकी – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

लोकसभाको सातौं चरणको निर्वाचनमा ५८.३४ प्रतिशत मतदान

नयाँदिल्ली – लोकसभा चुनावको सातौं र अन्तिम चरणको मतदान जुन

म्याग्दीलाई गण्डकी प्रदेशस्तरीय तारो खेलको उपाधि

म्याग्दी – गण्डकी प्रदेशस्तरीय परम्परागत तारा खेलमा म्याग्दी ‘ए’ ले

किमाथाङ्का नाका खुलेपछि स्थानीयको दैनिकी सहज बन्दै

सङ्खुवासभा –चीनसँग जोडिएको सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाका सञ्चालनमा आएपछि

सुनसरीबाट हुन्डीको एक करोड रूपैयाँ बरामद

काठमाडौं – सुनसरीबाट प्रहरीले हुन्डी कारोबारमा प्रयोग गरिएको एक करोड