काठमाडौँ– नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेलका लागि नेपाली सुरुवाती-११ टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले किरण चेम्जोङको कप्तानीमा सुरुवाती-११ घोषणा गरेका हुन् ।
नेपाल र भारतबीचको खेल अपरान्ह ५:३० बजेबाट शुरु हुनेछ। माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो ।
साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुने तालिका रहेको छ। नेपाल र भारतबीचको पहिलो खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।
प्रतिक्रिया