नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल शुरु (लाइभ) | Khabarhub Khabarhub

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल शुरु (लाइभ)


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुरु भएको छ । खेल अपरान्ह ५:३० बजेबाट शुरु भएको हो ।

आजको खेलमा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले किरण चेम्जोङको कप्तानीमा  दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुजल श्रेष्ठलाई डिफेन्डरमा उतारेका छन् ।

यसैगरी मिडफिल्डरमा  पुजन उपरकोटी, तेज तामाङ, सुमन लामा रहेका छन् भने फरवार्ड  मनिष डाँगी, आयुष घलान, आशिष लामा रहेका छन् ।  नेपाली टोलीको कप्तानी समेत सम्हालेका किरणले गोलकिपरमा छन् ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो । साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ।

यसअघि गत विहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको थियो । आजको खेलमा दुबै टोली विजयी लक्ष्यका साथ मैदानमा उत्रिएका छन् ।

हेरौँ लाइभ

नेपाली टोलीमा को को ?

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ५ : २५ बजे

तमोर कोरिडोरका पुल निर्माणमा ढिलाइ हुँदा सास्ती भोग्दै यात्रु

पाँचथर– तमोर कोरिडोर सडकका पुल निर्माणमा ढिलाइ हुँदा यात्रुहरूले सास्ती

म प्रहरी कार्यालय तोडफोडमा संलग्न थिइनँ : उपार्जुन चाम्लिङ

काठमाडौं– जेन–जी कोशी (प्रदेश १) का संयोजक उपार्जन चाम्लिङले आफू

अन्तर्राष्ट्रिय पर्यटन दिवस : ढुक्क छैनन् ठमेलका व्यवसायी (तस्बिरहरू)

काठमाडौं– नेपालकै प्रमुख पर्यटन क्षेत्र ठमेल हरेक वर्ष यो सिजनमा

काभ्रेमा तीन हजारलाई अस्थायी आवास अनुदान

काभ्रे– २०८१ साल असोजको विपदमा आवाससमेत गुमाएका जिल्लाका पीडितहरूको अस्थायी

आज आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजाआराधना गरिँदै

काठमाडौं– आज आश्विन शुक्ल पञ्चमी । दिनका हिसाबले आज छैटौँ