राष्ट्रिय महिला आयोगको टोलीद्वारा झापा र मोरङका सीमा नाकाको अनुगमन | Khabarhub Khabarhub

राष्ट्रिय महिला आयोगको टोलीद्वारा झापा र मोरङका सीमा नाकाको अनुगमन


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय महिला आयोगको एक टोलीले मानव बेचबिखन नियन्त्रण तथा रोकथाम गर्न झापा र मोरङका विभिन्न सीमानाकाको अनुगमन गरेको छ ।

आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडाको नेतृत्वको टोलीले भद्रपुर र जोगवनी नाकामा अनुगमन गरेको हो । अनुगमनका क्रममा नेपाल प्रहरीले रोकथाम गर्ने प्रयास गरे पनि सजिलैसँग सीमानाका वारपार गर्ने गरेको पाइएको सदस्य खतिवडाले जानकारी दिइन् ।

अनुगमनका क्रममा टोलीले प्रहरी प्रशासन र सम्बन्धित सङ्घ संस्थालाई स्थानीय निकायसँग सहकार्य गरेर सीमामा मानव बेचबिखनलाई कडाइ गर्न पनि आग्रह गरेको छ । आयोगले मानव बेचबिखनबारे सीमा वारी र पारी सूचना आदानप्रदान गर्न, कागजातको सुरक्षा र नियन्त्रण गर्न, कागजातको कानूनी मान्यता र परीक्षण गर्न तथा पीडितको संरक्षण गर्नसमेत सम्बन्धित निकायसँग अनुरोध गरेको छ ।

आयोगको टोलीले विर्तामोड नगरपालिकाका प्रमुख, उपप्रमुख, माइती नेपालका जिल्ला प्रतिनिधि, सेफ हाउसका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सेनाका प्रमुख जिम्मेवार निकायका प्रमुखलगायतसँग मानव बेचबिखन नियन्त्रणबारे छलफल गरेको आयोगले जनाएको छ ।

अनुगमनका क्रममा आफन्तकै जालझेलमा परेर, आर्थिक अवस्था कमजोर भएका कारण, बालविवाह र पारिवारिक बेमेलका कारण पनि मानव ओसारपसार हुने गरेको पाइएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ९ : ४५ बजे

जब विद्यार्थीले अपहरणमा परेको बहाना बनाए…

तम्घास – आज बिहान करिब १०ः३० बजे मदाने गाउँपालिका–६ स्थित

वर्तमान सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौँ – सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको

जिल्ला न्यायाधीशका लागि छ जना सिफारिस

काठमाडौँ – न्यायपरिषद्को आजको बैठकले छ जना जिल्ला न्यायाधीश नियुक्तिका

विश्व व्यापार प्रणाली अझ स्थिर र सबल हुनुपर्छ : डब्ल्यूटीओ प्रमुख

एजेन्सी – विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) का महासचिव डा. ङ्गोजी

राजस्वको कम्तीमा ३५ प्रतिशत हिस्सा मधेसलाई दिनुपर्छः अध्यक्ष ठाकुर

राजविराज – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले