नेकपा (एकीकृत समाजवादी)ले तोक्यो सचिवालय तथा प्रदेश इञ्चार्ज  « Khabarhub

नेकपा (एकीकृत समाजवादी)ले तोक्यो सचिवालय तथा प्रदेश इञ्चार्ज 


२० भदौ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) ले प्रदेश इञ्चार्ज तोकेको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि पार्टीले प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ शाह, वाग्मती प्रदेशमा केदार न्यौपाने, गण्डकी प्रदेशमा केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेशमा भागवत् विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वालालाई जिम्मेवारी दिएको छ ।

पार्टीका केन्द्रीय सदस्य दीलु पन्तका अनुसार सुदूरपश्चिममा इञ्चार्ज पछि तय गरिनेछ । उपत्यका विशेष प्रदेशमा विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेशमा विजय गुरुङ, मोर्चा इञ्चार्जमा डा विजय पौडेल, प्रचार विभाग प्रमुखमा जगन्नाथ खतिवडा र प्रवास क्षेत्रमा श्रीप्रसाद शाहलाई जिम्मेवारी दिइएको छ ।

यसैगरी अदालत र निर्वाचनसम्बन्धी काम हेर्ने जिम्मेवारी राजेन्द्र पाण्डे, विजय पौडेल र रामकुमारी झाँक्रीलाई तथा संसदीय कामको जिम्मेवारी विरोध खतिवडा, कल्याणी खड्का, जीवनराम श्रेष्ठ र ठगेन्द्र पुरीलाई तोकिएको छ ।

त्यस्तै दस्तावेज मस्यौदा कमिटीमा वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा १३ सदस्य छन् । दैनिक कार्य सञ्चालनका लागि डा बेदुराम भुसालको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरिएको छ ।

यसअघि गठन गरिएको स्थायी कमिटीमा पार्टीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, डा बेदुराम भुसाल र प्रमेश हमाल छन् ।

प्रकाशित मिति : २० भदौ २०७८, आइतबार  १० : ५९ बजे

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको

रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई