नेपाल-भारत मैत्रीपूर्ण फुटबल : नेपालका लागि तेज तामाङले गरे गोल « Khabarhub

नेपाल-भारत मैत्रीपूर्ण फुटबल : नेपालका लागि तेज तामाङले गरे गोल


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दशरथ रंगशालामा जारी नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपालले एक गोल फर्काएको छ ।

खेलको ८६ औँ मिनेटमा नेपालका लागि तेज तामाङले जवाफी गोल गरेका हुन् । योसँगै नेपाल र भारतबीचको खेल १-२ गोलको स्थितिमा पुगेको छ ।

यसअघि खेलको ८० औँ मिनेट भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले गोल गरेर भारतको अग्रता दोब्बर बनाएका थिए । त्यस्तै खेलको ६१ औँ मिनेटमा परिवर्तित खेलाडी फारुख चौधरीले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो। माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो ।

साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ। यसअघि गत विहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ७ : १७ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले