साफ च्याम्पियनसिप फुटबल : नेपालले श्रीलंकालाई ३-२ गोलले हरायो « Khabarhub

साफ च्याम्पियनसिप फुटबल : नेपालले श्रीलंकालाई ३-२ गोलले हरायो


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गरेको छ।

गए राति भएको खेलमा सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरेका हुन् ।

श्रीलंकाका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक-एक गोल फर्काए पनि जितका लागि प्रर्याप्त हुन सकेन ।

लगातार दोस्रो जितसँगै नेपाल ६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १-० ले हराएको थियो ।

अब नेपालले तेस्रो खेलमा भारतविरुद्ध आगामी आइतबार प्रतिस्पर्धा गर्नेछ ।

लिग चरणको अन्तिम खेलमा नेपालले अक्टोबर १३ (असोज २७) मा बंगलादेशसँग खेल्नेछ।

यस संस्करणको साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ । यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ ।

लिगमा पाँचै टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ७ : १२ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका