साफ च्याम्पियनसिप फुटबल : नेपालले श्रीलंकालाई ३-२ गोलले हरायो « Khabarhub

साफ च्याम्पियनसिप फुटबल : नेपालले श्रीलंकालाई ३-२ गोलले हरायो


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गरेको छ।

गए राति भएको खेलमा सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरेका हुन् ।

श्रीलंकाका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक-एक गोल फर्काए पनि जितका लागि प्रर्याप्त हुन सकेन ।

लगातार दोस्रो जितसँगै नेपाल ६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १-० ले हराएको थियो ।

अब नेपालले तेस्रो खेलमा भारतविरुद्ध आगामी आइतबार प्रतिस्पर्धा गर्नेछ ।

लिग चरणको अन्तिम खेलमा नेपालले अक्टोबर १३ (असोज २७) मा बंगलादेशसँग खेल्नेछ।

यस संस्करणको साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ । यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ ।

लिगमा पाँचै टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ७ : १२ बजे

माओवादीका पूर्वकेन्द्रीय सदस्यसहितका नेताहरू एमाले प्रवेश

काठमाडौँ- नेकपा माओवादी केन्द्रका तत्कालीन केन्द्रीय सदस्य रवि गौतमसहितका नेता

भ्रमपूर्ण सूचना फैलनसक्ने भन्दै पत्रकार महासंघले गरायो सचेत

काठमाडौँ – नेपाल पत्रकार महासंघले निर्वाचनको रिपोर्टिङमा खटेका पत्रकारहरूलाई समाचार

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि

हरिहरपुरगढीमा श्रीमानद्वारा श्रीमतीको हत्या

कमलामाई (सिन्धुली)- सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीमा श्रीमानले बन्चरो प्रहार गरी

परराष्ट्रमन्त्री शर्मासँग साउदीका राजदूतको भेट

काठमाडौं – परराष्ट्रमन्त्री बालानन्द शर्मालाई नेपालका लागि साउदी अरेबियाका राजदूत