मलेसियामा मृत्यु भएका तामाङको शव पठाउने तयारी « Khabarhub

मलेसियामा मृत्यु भएका तामाङको शव पठाउने तयारी


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : मलेसियामा काम गर्दागर्दै ढलेका एक नेपाली कामदारको मृत्यु भएको छ ।

मलेसियाको केलाङ मेरुको टप ग्लोभ कम्पनीमा काम गर्दागर्दै ढलेका चितवनका पुष्प तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

प्रवासी मजदुर अधिकारकर्मी विशेषज्ञ एन्डी हलका अनुसार कम्पनीको एफ-१९ कम्पाउन्ड क्षेत्रको रूपमा चिनिने साइटमा नाइट रातिको समयमा काम गर्दा आइतबार उनको मृत्यु भएको हो ।

कम्पनीले सामाजिक सुरक्षा सरकारी आवश्यकता अनुरूप सबै कर्मचारीहरूका लागि एउटै रहेको बताउँदै मृतक तामाङको परिवारलाई क्षतिपूर्ति दिने बताएको छ ।

यही कम्पनीमा हालै मात्र अर्का एक नेपाली र एक बङ्गलादेशी कामदारको मृत्यु भएको थियो । अर्को साइटको एफ-२२ रोबोट क्षेत्रमा खटाइएको बेला उनीहरूको मृत्यु भएको थियो।

मलेसियास्थित नेपाली दूतावासले तामाङको मृत्युबारे कम्पनी स्रोतले दूतावासलाई जानकारी गराएको बताउँदै कानुनी प्रक्रिया पूरा गरेर शव चाँडै स्वदेश पठाउने जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ११ : १७ बजे

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई