बैतडीमा अक्सिजन प्लान्ट स्थापना गरिँदै « Khabarhub

बैतडीमा अक्सिजन प्लान्ट स्थापना गरिँदै


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी – जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको तयारी गरिएको छ । प्लान्ट स्थापनाका लागि आवश्यक सामग्री पुगिसकेको छ ।

जिल्ला अस्पताल प्रमुख डा वसन्तराज जोशीका अनुसार प्लान्ट स्थापनाका लागि पहिलो चरणमा केही सामग्री आएको बाँकी पनि चाँडै आइपुग्ने छ । उनले भने, ‘सबै सामग्री आएपछि जडानको काम सम्पन्न गछौँ ।’ पूरै सामग्री आइपुग्न अझै दुई साता लाग्ने उनले बताए ।

गत असारभित्र प्लान्ट निर्माण सम्पन्न गर्ने गरी हेल्थ केयर सप्लायर्स काठमाडौँ र जिल्ला अस्पतालबीच सम्झौता भएको थियो । सप्लायर्स कम्पनीको लापरबाहीका कारण प्लान्ट स्थापनामा ढिलाइ भएको हो ।

चार महिनामा बल्ल केही सामग्री आइपुगेको छ । प्लान्ट स्थापनाका लागि सङ्घीय सरकारबाट रु एक करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट रु ८० लाख बजेट प्राप्त भएको छ । रकम प्राप्त भएपछि अस्पतालले बोलपत्र आह्वान गरी उक्त सप्लायर्सलाई छनोट गरेको हो । गत आर्थिक वर्षभित्र नै जडान गरिसक्ने गरी असारमा दुवै पक्षबीच सम्झौता भएको थियो ।

कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै जिल्लामा अक्सिजन अभाव भएको थियो । त्यसपछि प्रदेश सरकार र सङ्घीय सरकारले प्लान्ट स्थापनाका लागि बजेट विनियोजन गरेको थियो । जिल्लामा प्लान्ट नहुँदा सिलिन्डर खरिद गरी अक्सिजन आपूर्ति गर्नुपर्ने अवस्था छ । प्लान्ट स्थापना भएपछि आवश्यकताअनुसार अक्सिजन उत्पादन गर्न सकिने छ । उक्त प्लान्ट स्थापनाबाट ५० शय्याको अस्पतालका लागि सहयोग पुग्ने डा. जोशीले बताए ।

‘प्लान्ट स्थापनाले कोरोनाका बिरामीका लागि मात्र नभएर अन्य शल्यक्रिया र सघन उपचार कक्ष सञ्चालनका लागि सहज हुनेछ,’ उनले भने । भारतसँग सीमा जोडिएको जिल्लामा हालसम्म कोरोनाबाट १८ जनाको मृत्यु भइसकेको छ । हाल यहाँ २१ सक्रिय सङ्क्रमित छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ११ : ५९ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको