श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा चिप्लियो « Khabarhub

श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा चिप्लियो


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्री एयरलाइन्सको जहाज दुर्घटना हुनबाट जोगिएको छ । बिहान नेपालगञ्ज गन्तव्यका लागि उडान भर्ने तयारीमा रहेको जहाज ‘डोमेस्टिक पार्किङ’बाट रनवेतर्फ निकाल्ने क्रममा चिप्लिएको हो ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार जहाज पार्किङबाट निकाल्दा टर्निङको क्रममा जहाजको सन्तुलन बिग्रेको हो । ‘जहाज धस्सिएको हैन पार्किङबाट निकाल्ने क्रममा डिसब्यालेन्स भएर तीन फिट पर सरेको हो, टर्निङको क्रममा जहाजको देब्रेपट्टिको चक्का चिप्लिएको हो ।’, उनले भने ।

जहाज उडानका लागि कुनै समस्या नरहेको पनि प्रवक्ता शेर्पाले जानकारी दिएका छन् । उनले भने, ‘झण्डै ४५ मिनेटदेखि जहाजलाई धावनमार्गतिर निकाल्ने प्रयास भयो ।’

विमानस्थलको आन्तरिक उडानतर्फ पार्किङमा जहाज चिप्लिए पनि विमानस्थलबाट हुने उडान सञ्चालनमा कुनै अवरोध नभएको  विमानस्थलले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ११ : ३५ बजे

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई