शरीरमा पानीको मात्रा कम भए देखा पर्छन् यस्ता समस्या « Khabarhub

शरीरमा पानीको मात्रा कम भए देखा पर्छन् यस्ता समस्या


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक प्राणिका लागि पानी आवश्यक छ । मानिसकालागि त पानी जीवनको आधार नै हो । त्यसैले हामीले दैनिक प्रशस्त मात्रामा पानी पिउनुपर्छ । तर धेरैले पानी पिउनुलाई प्रथामिकता दिदैनन् र शरीरमा पानीको कमी भएर विभिन्न समस्याहरु देखा पर्न सक्छ ।

स्वास्थ्य समस्या :

क) शरीरमा पानीको मात्रा कम भएमा पूरै प्रणाली कमजोर हुन्छ । जसका कारण शरीरमा भएको शक्ति नष्ट हुन थाल्छ । त्यसैले थाकेको महसुस गराउँछ र उदासीन बनाउँछ ।

ख) मानिसको दिमागको ७० प्रतिशत भन्दा बढि भाग पानीले बनेको हुन्छ । पानीको कम हुँदा दिमाग मन्द हुन्छ । जसका कारण काम गर्न पनि मन नलाग्ने र ध्यान नजाने हुन्छ ।

ग) टाउको साह्रो दुखेमा तत्काल पानी पिउनु पर्दछ । पानीको अभावमा पनि टाउको दुख्न सक्छ ।

घ) दिनमा कम्तीमा दुई पटकभन्दा बढी पिसाब गर्दा पिसाब धेरै पहेंलो छ भने शरीरमा पानीको मात्रा कमी भएको हुन्छ । त्यसैले पर्याप्त पानी पिउनु पर्दछ ।

ङ) यदि शरीरमा पानीको मात्र कमी भएको छ भने शरीरले सही मात्रामा थुक बनाउन सक्दैन र श्वास गहाउने गर्दछ । यदी मुखमा प्रशस्त थुक भएन भने हानिकारक ब्याक्टेरिया बन्न गई श्वास गन्हाउँछ ।

च) मौसम विपरित पनि छाला सुख्खा रहनु, बारम्बार ओठ फुट्ने गर्छ भने त्यसको कारण पनि पानीको मात्रा कम हुनु हो । त्यसैले पानी पिउने गरौं ।

छ) शरीरमा पानीको मात्र कम भएमा पिसाबको मात्रामा नियमितको तुलनामा कम हुने गर्दछ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  १२ : ०५ बजे

स्कोडा नेपालले सार्वजनिक गर्‍यो फेसलिफ्ट गरिएको नयाँ कुशाक एसयूभी, मूल्य कति ?

काठमाडौं– स्कोडा नेपालले फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई ‘रियल ड्राइभर्स

गगनको घरअगाडि पनि बिहानैदेखि तेर्स्याइयो कार

काठमाडौं- सरकार समर्थित समूहले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति

भक्तपुर जिल्ला पूर्ण खोप सुनिश्चित

भक्तपुर– जिल्लाभित्र रहेका सम्पूर्ण बालबालिका अर्थात् १० हजार ७४३ बालबालिकाले

‘बर्न’ उपचार केन्द्र विस्तार गर्न  प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र

भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा नौ जनाको मृत्यु

नयाँदिल्ली– भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्रमा