प्रदेश २ का ७ स्थानीय तहमा विपद् पोर्टल सञ्चालनको तयारी पूरा | Khabarhub Khabarhub

प्रदेश २ का ७ स्थानीय तहमा विपद् पोर्टल सञ्चालनको तयारी पूरा


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रदेश २ का सात वटा स्थानीय तहमा विपद् पोर्टल सञ्चालनका लागि सम्पूर्ण काम पूरा भएको छ ।

स्वदेशमै केही नयाँ तथा इन्नोभेटिभ काम गर्न प्रयासरत युवालाई प्रोत्साहन गर्ने उद्देश्यले युथ इन्नोभेसन ल्यावको सहजीकरणमा युएसएआईडीको सक्षम परियोजनामार्फत सो काम सम्पन्न गरिएको हो ।

प्रदेश न २ का ७ वटा स्थानीय तहहरुमा विपद् जोखिम न्यूनीकरण-युवा नेतृत्व फेलोशिप कार्यक्रमको दोस्रो  संस्करण अन्तर्गत ७ जना युवाहरुले ५ महिनाको अवधिमा प्रदेश २ को सात वटा स्थानीय तहमा रही विपद् पोर्टलका लागि विविध काम सम्पन्न गरेका हुन् । सोही उपलक्ष्यमा मंगलबार काठमाडौँमा दीक्षान्त कार्यक्रम गरिएको छ ।

उक्त कार्यक्रममा नगरपालिकाका नगरप्रमुखहरु, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण,  सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, विपद व्यवस्थापनको क्षेत्रमा कामगर्ने विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई विभिन्न चरणमा विभाजन गरिएको थियो । सर्वप्रथम लुथरन वर्ल्ड रिलिफका कार्यक्रम निर्देशक नारायण ज्ञवालीले कार्यक्रमको उदेश्यको बारेमा जानकारी दिँदै नगरपालिकामा विपद पोर्टलको स्थानीयकरणको महत्व र कार्यान्वयनको रणनीतिबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा निर्देशक ज्ञवालीले विपद् पोर्टलको थप प्रभाकारीताका लागि अव नगरपालिकाले आफ्नो तत्पर्यतामा आघि बढाउनु पर्ने विषयमा जोड दिए ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव उद्दब रिजालले विपद् पोर्टलको विकास र यसको महत्वको बारेमा जानकारी प्रदान गरेका थिए । कार्यक्रममा उपसचिव रिजालले आफ्नो प्रस्तुतीकरण मार्फत पोर्टलका छ वटा मोड्युल-Dashboard, Incident, Damage and loss, Real time, Profile, and Risk info को बारेमा विस्तृत जानकरी प्रदान गरे ।

साथै उपसचिव रिजालले हाल सम्म पोर्टलको प्रयोग गरेर प्राधिकरणले तयार परेको मनसून पुर्बतयारी तथा प्रतिकार्य,  दैनिक बुलेटिन बारेमा समेत जानकारी दिए । प्रस्तुतीकरणको अन्तयमा विपद पोर्टलको कार्यान्वयनमा देखिएका चुनौतीबारे प्रकाश पारेका थिए ।

विपद् जोखिम न्यूनीकरणको प्रतिनिधित्व गर्दै सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी र सिरहा जिल्लाको सिरहा नगरपालिकामा कार्यरत प्रतिक बराल र मानश्री नेवाले नगरपालिकामा विपद् पोर्टलको स्थानीयकरण गर्दाको अनुभव, सिकाइ र उपलब्धिको बारेमा जानकारी गराए ।

उक्त कार्यक्रमको दोस्रो चरणमा हाल कार्यान्वयन भएका स्थानीय तहको सिकाई, उपलब्धि र अनुभवलाई आगामी दिनमा थप स्थानीय तहमा कसरी प्रभावकारी रुपमा कार्यान्वयनमा उपयोग गर्न सकिन्छ भन्ने सम्बन्धमा छलफल गरिएको थियो ।

छलफलमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव उद्दब रिजाल, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत कृष्ण हुमागाई, लुथरन वर्ल्ड रिलिफका कार्यक्रम व्यवस्थापक राकेश साह र युथ इन्नोभेसन ल्याबको तर्फबाट DRR Researcher एन्जेला ताम्राकारले छलफलमा भाग लिनुभएको थियो।उक्त छलफललाई प्रदिप खतिवडाले सहजीकरण गरेका थिए ।

छलफलमा उपसचिव उद्दब रिजालले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा तथ्याङ्कहरु महत्वमा जोड दिए । यसैगरी कृष्ण हुमागाईले सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी दिनहरुमा नगरपालिका र गाउँपालिकाहरुलाई प्रदान गरिने प्राविधिक सहयोगको आवश्यकता र सोमा  मन्त्रालयले समन्वय मन्त्रालयले भूमिका खेल्ने जानकारी दिए ।

लुथरन वर्ल्ड रिलिफका कार्यक्रम व्यवस्थापक राकेश साहले स्थानीय स्तरमा विपद् पोर्टलमा रहेका सूचना तथा तथ्याङ्कहरुले विपद् जोखिम न्यूनीकरणसँग सम्बन्धित योजना तर्जुमा गर्न सहयोग गर्ने विषय उठान गर्दै विपद् पोर्टलको प्रभाकारी प्रयोग गर्ने सम्बन्धमा लुथरन वर्ल्ड रिलिफले थप सहजीकरण गर्ने जानकारी दिए ।

एन्जेला ताम्राकारले पोर्टल र यसको सुविधाहरु को प्राविधिक पक्षलाई हाइलाइट गर्दै आवश्यकता अनुसार पोर्टलको प्राविधिक पक्षलाई परिमार्जन गर्नु पर्ने बताइन् ।

तेस्रो चरणमा कार्यक्रम कार्यान्वयन भएका नगरपालिका तथा तहाँ कार्यारत DRR fellow हरु र कार्यक्रम कार्यान्वयनको क्रममा सहयोग गर्नु हुने कोशी पीडित समाज, सप्तरी र नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा, सिरहालाई कार्यक्रमका अतिथिहरुले सम्मान तथा प्रसंशा पत्र प्रदान गरे ।

सो कार्यक्रममा आफ्नो मन्तब्य राख्नुहुँदै लुथरन वर्ल्ड रिलिफका राष्ट्रिय निर्देशक किरण ओझाले फेलोशिप कार्यक्रमले स्थानीय तहलाई विपद् पोर्टल प्रविधि हस्तान्तरण गदै पोर्टल संचालन गर्ने क्षमता अभिवृद्घि गर्ने मात्र नगरी युवाहरुमाझ सरकारी काम र पेशा प्रति सकारात्मक सोच विकास गर्न समेत सफल भएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा नगरपालिकाका नगरप्रमुखले आफ्नो पालिकामा विपद् पोर्टल निरन्तर प्रयोग गर्ने र पोर्टल रहेका सूचना तथा तथ्याङ्कहरु उपयोगी हुने जानकारी दिए ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ७ : ४० बजे

सत्ता समीकरणमा कुनै असमझदारी छैन : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

हात्तीको २ दारासहित ३ जना पक्राउ

वीरगन्ज– पर्सा जिल्लाको पश्चिमी भेगबाट प्रहरीले हात्तीको दुईवटा दारा सहित

विकासको राजनीतिमा विश्वास गर्छु : विनोद चौधरी

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले

मधेश प्रदेशसभाबाट ‘बालिका संरक्षण ऐन २०८१’ विधेयक पारित

जनकपुरधाम– मधेश प्रदेशसभामा बालिका संरक्षण ऐन २०८१ पारित भएको छ

इटालीको डुंगा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो

एजेन्सी– इटालीको तटरक्षकले यस हप्ताको सुरुमा दक्षिणी तटमा भएको आप्रवासी