मन्त्रिपरिषदद्वारा विद्युतीय राहदानीको सेक्युरिटी फिचर स्वीकृत « Khabarhub

मन्त्रिपरिषदद्वारा विद्युतीय राहदानीको सेक्युरिटी फिचर स्वीकृत


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले विद्युतीय राहदानीमा रहने विभिन्न सुरक्षासम्बन्धी विशेषता (सेक्युरिटी फिचर)हरु स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले विद्युतीय राहदानीमा रहने विशेषता स्वीकृत गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।  सरकारले निकट भविष्यमा नै विद्युतीय राहदानी सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

बैठकले ‘रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका, २०७८’ लाई स्वीकृत गरेको छ । मन्त्रिपरिषद्ले प्रशासन सेवातर्फको विशिष्ट श्रेणीमा सहसचिव रविलाल पन्तलाई बढुवा गरेको छ ।

वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता डा गोपीचन्द्र भट्टराईलाई तोकेको छ भने ऋण असुली न्यायाधिकरणको कानून सदस्यमा कानून, न्याय तथा सदस्य मामिला मन्त्रालयका उपसचिव उपसचिव विष्णुप्रसाद रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यस्तै यही असोज २४ गतेदेखि २८ गतेसम्म आयोजना हुने असंलग्न आन्दोलनको कमोरेटिभ हाइलेभल मिटिङमा सहभागी हुने प्रतिनिधिमण्डल गठन गरेको छ । सो बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री नारायण खड्काको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ७ : २१ बजे

स्पेनसँगको भिडन्तअघि रोनाल्डोले भने – ‘यो मेरो अन्तिम विश्वकप हो’

टेक्सस – पोर्चुगलका भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले जारी विश्वकप आफ्नो

अधुरै बन्यो २४ वर्षदेखिको विश्वकप उपाधिको खडेरी तोड्ने ब्राजिलको सपना

काठमाडौँ – २४ वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यका साथ

पाँच पटकको विजेता ब्राजिलमाथि नर्वेको सनसनीपूर्ण जित, हालान्डको दुई गोल

न्युयोर्क – स्टार स्ट्राइकर एर्लिङ हालान्डले खेलको अन्तिम समयमा दुई

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका