दशैँमा बिदामा पनि बन्दीप्रत्यक्षीकरणसहित अतिआवश्यक मुद्दाको सुनुवाइ हुने « Khabarhub

दशैँमा बिदामा पनि बन्दीप्रत्यक्षीकरणसहित अतिआवश्यक मुद्दाको सुनुवाइ हुने


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठकले दशैँ बिदामा पनि बन्दीप्रत्यक्षीकरण र तत्काल सुनुवाइ गर्नुपर्ने मुद्दाको मात्र पेसी तोकी सुनुवाइ गर्ने निर्णय गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित सम्पूर्ण न्यायाधीशको आज बसेको पूर्ण बैठकले (फुलकोर्ट) दशैँका बिदामा अतिआवश्यक अवस्थामा बन्दीप्रत्यक्षीकरण र तत्काल सुनुवाइ गर्नुपर्ने विषयमा न्यायाधीशको नाम तय गरेको छ ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले रासससँग कुरा गर्दै भने, “फूलकोर्टको बैठकले दशैँ बिदामा बन्दीप्रत्यक्षीकरण र तत्काल सुनुवाइ गर्नुपर्ने मुद्दामा न्यायाधीशहरुको नाम तोक्ने निर्णय गरेको छ ।”

यही असोज २१ गतेदेखि आगामी कात्तिक ३ गते कोजाग्रत पूर्णिका दिनसम्म सर्वोच्चसहित देशभरका सबै अदालतमा बिदा दिने निर्णय गरेको छ । सो अविधमा बन्दीप्रत्यक्षीकरणसहित र तत्काल सुनुवाइ गर्नुपर्ने विषयमा भने सुनुवाइ हुनेछ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ८ : ४५ बजे

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन