अब कक्षा १ देखि १२ सम्मका पुस्तक अनलाइनबाटै पढ्न पाइने | Khabarhub Khabarhub

अब कक्षा १ देखि १२ सम्मका पुस्तक अनलाइनबाटै पढ्न पाइने


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अब कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तक अनलाइन माध्यमबाटै पढ्न पाइने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहयोगमा तयार गरिएको सिकाइ चौतारी पोर्टलमा कक्षा १ देखि १२ कक्षासम्मका पाठ्य पुस्तक पढ्न र हेर्न सकिने छ ।

कोभिड–१९को प्रभावलाई मध्यनजर गर्दै सिकाइ चौतारीको शुभारम्भ गरिएको हो । कोरोनाका कारण विद्यालय जान नपाएर घरमै भएका विद्यार्थीलाई मध्यनजर गर्दै पढ्न र हेर्न सकिने गरी तयार गरिएको सिकाइ चौतारीको शुभारम्भ शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले गरेका छन् ।

पोर्टलमा कक्षा कोठामा विद्यार्थीलाई खेल खेलाउन सकिने, डिस्नेरीबाट शब्द खोज्न सकिने, गाह्रो विषयलाई भिडियोमार्फत हेर्न सकिने गरी विकास गरिएको छ ।

दुरदराजका विद्यार्थीलाई लक्षित गरी कार्यक्रमलाई सहज, सरल ग्रहणशील गराउनुपर्ने मन्त्री पौडेलले बताए । ‘शहरमा प्रविधिको विकास भइसकेको छ,’ मन्त्री पौडेलले भने’, ‘यो गाउँका कुना कन्दराका विद्यार्थीले सहजै चलाउन सक्ने गरी निर्माण गर्नुपर्छ ।’

‘सबै विद्यार्थीले बुझ्ने सरल, सहज, प्रविधिमैत्री हुनुपर्नै विषयलाई मध्यनजर गर्दै थप विकशीत गराउँदै लैजान मन्त्री पौडेलले जोड दिएका छन् ।

सिकाई चौतारी चलाउँदा न्युनतम प्रविधिको प्रयोग हुने र यो सबैको पहुँचमा पुर्‍याउन पोर्टल थप व्यवस्थित बनाउने काम भइरहेको रेडियो इन्जिनियर सन्तकुमार महर्जनले जानकारी दिए ।

इन्जिनियर कविन्द्र मानन्धरले लामो समयको कसरतपछि यो कामले सफलता पाएको बताए । उनले भने, ‘हामी अमेरिकन नागरिक तथा अन्य विज्ञसँगको छलफलपछि यो पोर्टलको शुभारम्भ गरेको छौं’ यसलाई विकास गरी सबैको पहुँचमा पुर्‍याउने हाम्रो लक्ष्य छ ।’

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  १ : १६ बजे

१२ जनासम्म यात्रु बोक्ने पानी जहाज दर्ता गर्नु नपर्ने, यस्तो छ समितिको प्रतिवेदन

काठमाडौं– सरकारले पन्ध्र मिटरभन्दा कम र १२ जनासम्म यात्रु बोक्ने

बागमतीमा बानियाँको १४ सदस्यीय मन्त्रिपरिषद्, कसलाई कुन मन्त्रालय ?

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद् विस्तार गरेका छन्

नेपालमा पहिलोपटक इन्टरनेसनल स्ट्रोक सम्मेलन हुँदै 

काठमाडौं– नेपालमा पहिलोपटक हिमालयन इन्टरनेसनल स्ट्रोक शिखर सम्मेलन आयोजना हुने

न्यासनल स्ट्रोक म्यानेजमेन्ट प्रोटोकल, २०२५ स्वीकृत 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्ट्रोकको (मस्तिष्कघात)  उपचारलाई व्यवस्थित र