भूकम्पपछि जस्तापातामय बन्यो ग्रामीण बस्ती | Khabarhub Khabarhub

भूकम्पपछि जस्तापातामय बन्यो ग्रामीण बस्ती


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– भूकम्पपछि लमजुङमा पुनर्निर्माण भएका अधिकांश घरमा जस्ता पाताको छाना हालिएपछि ग्रामीण भेग रङ्गिन देखिन थालेको छ । पहिले गाउँमा खरले छाएका देखिने घर अहिले रङ्गिन जस्ताले टल्किन थालेका छन् । झट्ट हेर्दा ग्रामीण बस्तीको मुहार फेरिएको देखिए पनि स्थानीय बासिन्दाको आर्थिक अवस्था भने उस्तै रहेको छ ।

दुधपोखरी गाउँपालिका २ का वडाध्यक्ष गोविन्द दवाडीले भने, ‘पहिले घरको छानो हुने खाने र सम्पन्नले ढुङ्गाको लगाउँथे भने सबैको घरमा खरको छानो हुन्थ्यो । जस्ता पाताको प्रयोग गरेको कहीँ देखिन्थेन । सडक नजिक आउन थालेसँगै हुनेखानेले जस्तापाता लगाएको थिए तर भूकम्पपछि त गाउँ नै जस्तामय भएका छन् ।’

प्राविधिकले पनि ढुङ्गा र टायलको छाना हाल्दा घर पास नगर्ने भएकाले अधिकांशको रोजाइ रङ्गिन जस्तापाता बनेको विचौरका रामहरि न्यौपाने बताउँछन् । गह्रौँ छानालाई प्राविधिकले अस्वीकार गरेका कारण र हलुका निर्माण सामग्री प्रयोग गर्दा भूकम्पबाट सुरक्षित हुने प्राविधिक सल्लाह अनुसार भूकम्प प्रभावितले हलुका छानोका रूपमा लमजुङका हजारभन्दा बढी घरमा जस्तापाताको प्रयोग गरिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट अनुदान पाउने लाभग्राहीले बनाएको घर भनेकै रङ्गिन जस्तापाता जस्तो भएको जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डे बताउँछन् । पाण्डेका अनुसार लमजुङमा भूकम्पपछि पुनर्निर्माण गरिएका घर शतप्रतिशत लाभग्राहीले रङ्गिन जस्तापाताले छाएका छन् ।

भूकम्पले बढी क्षति भएको जिल्लाको दुधपोखरी, विचौर र कोल्कीमा बनेका घर रङ्गीबिरङ्गी नै देखिन्छन् । साबिकको विचौर, दुधपोखरी, इलामपोखरी र कोल्कीमा पुनर्निर्माण भएका करिब ४ सय ५० घरमा निला जस्तापाताको छाना हालिएको छ ।

एकैनासका घर अनि एकैनासका छाना पुनर्निर्माणका बेला ध्यान दिएर बनाएकाले गाउँ नै नमुना बस्ती झैँ देखिएको दुधपोखरी गाउँपालिकाका अध्यक्ष छुपीमायाँ गुरुङ बताउँछिन् । भूकम्पपछि गाउँमा सबैले एकैथरि घर बनाएका छन् । अधिकांशका दुई कोठे घर छन् । दुई कोठे अनि एक तले घर उस्तै देखिन्छन् ।

जस्तापाताको छाना लगाउँदा घर हलुका हुने मात्र नभई काठको प्रयोगमा कमी र ज्यालामा बचत हुने गरेको दुधपोखरी गाउँपालिका कोल्कीका स्थानीय धनबहादुर गुरुङले बताए । गाउँमा रङ्गिनमा पनि निलो र रातो जस्तापाताको प्रयोग व्यापक मात्रामा छ ।

हरेक गाउँमा निलो र रातो जस्तापाताको छाना हालेर घर निर्माण गरिएका छन् तर थोरै मात्रामा पहिले प्रयोगमा रहेको सादा जस्ता प्रयोग गर्ने नगण्य छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  १ : ०२ बजे

जनार्दनलाई प्रचण्डको जवाफ- सिँगौरी खेल्न दिएकै छु, जति मन लाग्छ खेल्दै बस्‍नुस्

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३६ वर्षसम्म

दुई आयोगबीच सहयोग, समन्वय र सहकार्य हुने

काठमाडौं– बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र राष्ट्रिय मानव अधिकार

एनसेल सधैँ अन रिन्युअल : विद्यार्थीलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युब पनि

काठमाडौं– एनसेलले विद्यार्थीका लागि ‘सधैँ अन रिन्युअल’ प्लानहरू सञ्चालनमा ल्याएको छ

गड्डाचौकी भन्सारबाट निर्यात शून्य

दोधारा चाँदनी– कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीबाट निर्यात शून्य रहेको छ

सीजीले ल्यायो प्रि–अटोशो अफर : एक्सपेङ किन्दा ८ लाखसम्म बचत

काठमाडौं– नेपालमा एक्सपेङ इलेक्ट्रिक सवारीसाधनको आधिकारिक वितरक सीजी मोटर्सले प्रि-अटोशो