पटाका पड्काउने सोचमा हुनुहुन्छ ? सावधान ! हुनसक्छ यस्तो खतरा « Khabarhub

पटाका पड्काउने सोचमा हुनुहुन्छ ? सावधान ! हुनसक्छ यस्तो खतरा


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तिहारमा उल्लास साटासाट गर्न र रमाइलोकालागि पटाका पड्काउने धेरैको चलन छ । घरका ससाना बालबालिका खुसी हुने भएकाले धेरैले पटका पड्काएर दीपावली मनाउने गर्दछन् । तर पटाका पड्काउँदा धनको खर्च त छदैं छ, सुरक्षाको जोखिम पनि उच्च हुन्छ ।

पटाका पड्काउँदा यसले क्षण भरकालागि दीपावली उल्लासमय त बनाउँला, तर यसले ज्यान समेत वातावरण पनि प्रदूषित बनाउँछ । साथै आगलागी र स्वास्थ्यमा समेत गम्भीर असर पार्न सक्छ । अझ बजारमा पाइने कतिपय पटाका त बम जत्तिकै शक्तिशाली हुन्छन् । त्यसैले यस्ता पटाका पड्काउँदा ज्यान समेत मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

पटाकामा बिभिन्न रसायन र धातुहरू मिलाइएको हुन्छ । जसले वतावरणीय प्रदूषण बढाउने गर्छ । जो मानव शरीरकालागि खतरनाक मानिएका लिड, सल्फडडाइअक्साईड, नाइट्रस अक्साईड र बारुद आदि पदार्थ र रसायनको प्रयोग असीमित मात्रामा गरिएको हुन्छ ।

यस्ता पटाका पड्काएपछि धूवाँको माध्यमबाट वायुमण्डलमा पुगी हावामा मिसिने गर्छ । पछि हामीले लिएको श्वासबाट ती खतरनाक धातु मिश्रित रसायन शरीरमा प्रवेश भई फोक्सोसम्म पुग्ने गर्छ । यसबाट दम, एलर्जी जस्ता रोगहरू मात्र नभएर विस्तारै क्यान्सर जस्ता प्राण घातक रोगसमेत लाग्ने गर्छ ।

लिड  गह्रौँ  धातु भएकाले यो विषालु हुन्छ । जो मानिसको रगतमा प्रवेश गरे केन्द्रीय स्नायु प्रणालीमै असर पार्छ । जसले मिर्गाैला खराब पनि गर्न सक्छ । गर्भवती महिलाका शरीरमा लिडको मात्रा बढी भए गर्भपतन हुने सम्भावना समेत हुन्छ । अझ बच्चामा लिड सजिलै शरीरमा प्रवेश गर्न सक्छ । त्यसैले पटाका पड्काउँदा उनीहरूको स्वास्थ्य विशेष ख्याल गर्नुपर्ने हुन्छ ।

तिहारदेखि छठसम्म बजारमा थरिथरिका पटाका लुकाइछिपाइ बेचेको भेटिन्छ । नेपालमा प्रतिबन्धित पटाका अवैध तस्करीबाट भित्रिन्छ । बजारमा प्रहरीले पटाका बेचबिखनमा कडा गरे पनि नियन्त्रण हुन सकेको छैन । यस्तोमा आफू, परिवार र घरका बालबालिकालागि पनि पटाकाको प्रयोग गर्नबाट सबै जिम्मेवार बन्न आवश्यक छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ६ : २२ बजे

धरहरा सञ्चालनको एक वर्ष : सात करोड ७१ लाख राजस्व असुली

काठमाडौं– पुनर्निर्माण भएपछि धरहरा सःशुल्क सञ्चालनमा आएको एक वर्ष पूरा

एमाले छाडेका दुलाल बने नेकपाको केन्द्रीय समिति सदस्य

काठमाडौं- नेकपा एमाले छाडेका नेता भरतप्रसाद दुलाल कात्तिक १९ गते

गौरीगञ्ज इलाका प्रशासनका तत्कालीन प्रमुख आपागाईंसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सुरुङ्गा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन

बाबुरामदेखि जनार्दनसम्म : राजनीतिक जीवनको उत्तरार्द्धमा किन छोडे कम्युनिस्ट विचार ?

काठमाडौं– वर्तमान संविधान घोषणापछि २०७२ असोज ९ गते डा. बाबुराम