कुवेतमा एक महिनामा २ हजार १९० विदेशी कामदारलाई देश निकाला « Khabarhub

कुवेतमा एक महिनामा २ हजार १९० विदेशी कामदारलाई देश निकाला


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दोहा- नेपाली कामदारको श्रम गन्तब्य रहेको कुवेतले एक महिनामा २ हजार १९० विदेशी कामदारलाई देश निकाला गरेको छ ।

कुवेतको गृह मन्त्रालयका अनुसार अक्टोबर १ देखि नोभेम्बर २ तारिखसम्म आबासीय कानून उल्लङ्घन गर्ने २ हजार १९० आप्रवासी कामदारलाई देश निकाला गरिएको जनाएको छ ।

विदेशी कामदारलाई देश निकाला यो निर्णय त्यहाँका गृहमन्त्री शेख थामेर अल-अलीले लिएका थिए र त्यसपछि गृह मन्त्रालयका उपसचिव लेफ्टिनेन्ट जनरल शेख फैसल अल-नवाफले पछ्याएका थिए।

यसघि कुवेतले विभिन्न समयमा गैरकानुनी रुपमा बस्दै आएका नेपाली सहित बिदेशी नागरिकलाई कानुनी प्रक्रिया पूरा गरी कुवेतमै बस्न वा सिमित जरिवाना तिरेर आआफ्नो मुलुक फर्किन दिएको समय सिममा पनि नफर्किएकाहरु विरुद्ध कडा कदम चल्दै त्यस्ता व्यक्तिहरुलाई पक्राउ गरेको छ ।

कुवेतले गैरकानूनी रुपमा बसेका बिदेशी कामदार माथि धडपकडको अभियान नै संचालन गरेर आबासीय भिसा अनुमति बिनै लुकीछिपी बसेका हजारौं बिदेशी कामदारलाई पक्राउ गरेको थियो । जेल भरिएको कारण तत्कालका लागि धडपकडको अभियान स्थगित गरिएको जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  १२ : ४४ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला