कस्ता मानिसले मासु नखाने ? खानै परे कसरी खाने ? « Khabarhub

कस्ता मानिसले मासु नखाने ? खानै परे कसरी खाने ?


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दशैंपछिको ठूलो चाड तिहारमा पनि प्राय भान्सामा मासुका विभिन्न परिकार पाक्ने गर्दछ । तर स्वास्थ्य अनुसार केही मानिसले भने मासुको परिकार नखानु उपयुक्त हुन्छ । कस्ता मानिसले मासुको परिकार नखाने त ?

– जो व्यक्तिको रगतमा लिपिड प्रोफाइलमा बढी कोलेस्ट्रोल छ ।

– कोहि मुटु रोगी छ वा युरिक एसिड र ब्लड प्रेसर उच्च भएको छ ।

– मासु नखानु भनिएका रोगका बिरामीले रातो मासु नखानु उपयुक्त हुन्छ ।

रातो मासुमा फलाम, प्रोटिन, खनिज पदार्थ, जिङ्क र फस्फोरस तथा भिटामिन, लिपोइक एसिड पाइन्छ । बाँच्नकै लागि मासुको आवश्यकता पर्दैन । तर यसको मतलव मासु नै नखानु भन्ने होइन । मासु प्रोटिनको प्रमुख स्रोत हो । यसले शरिरलाई बिभिन्न प्रकारको लाभ भने गर्दछ ।

रातो मासुको तुलनामा सेतो मासु खानु राम्रो मानिन्छ । यसमा प्रोटिनको मात्रा कम हुन्छ । रातो मासु सेवन गर्दा, शरीरमा युरिक एसिडको मात्रा बढ्ने, मुटु, रक्तनलीमा गएर समस्या हुने हुँदा स्वास्थ्यका लागि रातो मासु नखादाँ राम्रो हुन्छ । अझ मासु संग हरियो सागपात, पहेलो फलफूल, दूध, अण्डा खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ ।

कसरी खाने मासु ?

तिहारमा मासु खादाँ राम्रोसँग पकाएर मात्रै खानु पर्दछ । राम्रोसँग नपाकेको मासु खाएमा मासुमा भएका किटाणु जिउँदै शरीरभित्र पस्ने र स्वास्थ्यमा गम्भीर समस्या हुन सक्छ । साथै बासी मासु खानु स्वस्थ्यकर हुदैँन ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  १० : ४२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्