डब्लुएचओ भन्छ: फेब्रुअरीसम्म युरोपमा कोभिडले थप ५ लाखको मृत्यु हुनसक्छ « Khabarhub

डब्लुएचओ भन्छ: फेब्रुअरीसम्म युरोपमा कोभिडले थप ५ लाखको मृत्यु हुनसक्छ


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी फेब्रुअरीसम्म युरोपमा कोभिडले थप ५ लाखको मृत्यु हुनसक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ।

पछिल्लो समय युरोप महादेशमा दिनहुँजसो कोरोनाभाइरसका नयाँ बिरामी बढिरहेका बेला डब्लुएचओले यस्तो खतरा औंल्याएको हो। समयमै सतर्कता नअपनाएमा फेरि युरोप कोभिडको केन्द्र बन्नसक्ने खतरा अझै टरिनसकेको डब्लुएचओको भनाइ छ।

बिहीबार आयोजित एक पत्रकार सम्मेलनमा डब्लुएचओका युरोप प्रमुख हान्स क्लुगले कोभिडको जोखिम उस्तै रहेको र मृतक संख्या अझै बढ्नसक्ने भन्दै सबैलाई सतर्क रहन आग्रह गरेका छन्। युरोपमा खोप कार्यक्रम सबैको पहुँचमा नपुगेकाले यस्तो जोखिम कायम रहेको उनको तर्क थियो।

‘अझै हामीले सतर्कता अपनाउन सक्छौं। खोप सबैले लगाउनुपर्छ र त्यसका लागि सबै मुलुकले आवश्यक व्यवस्था मिलाउनुपर्छ। सुरक्षा सतर्कताका अन्य उपाय पनि अपनाउनुपर्छ,’ हान्सले भने। पछिल्लो समय युरोपमा खोप लगाउने दर घटेको भन्दै विश्व स्वास्थ्य संगठनले चिन्ता व्यक्त गरेको छ। अझै पनि युरोपका धेरै मानिस खोप लगाउन अनिच्छुक रहेकाले तिनीहरुलाई कसरी खोप दिलाउने भन्ने चुनौती रहेको छ।

डब्लुएचओको पछिल्लो तथ्यांक अनुसार फ्रान्समा ६८ प्रतिशत, जर्मनीमा ६६ प्रतिशत, स्पेनमा ८० प्रतिशत र रुसमा ३२ प्रतिशत मात्र व्यक्तिले खोप लगाएका छन्। अहिलेसम्म युरोपेली क्षेत्रमा कोरोना भाइरस संक्रमणले १४ लाख मानिसको ज्यान गइसकेको डब्लुएचओले जानकारी दिएको छ।

केही महिनायता युरोपमा कोभिडविरुद्घको सुरक्षा सतर्कता खुकुलो बनाएसँगै संक्रमण बढेको डब्लुएचओको ठहर छ। अनिवार्य मास्क लगाउने, भौतिक दुरी कायम गर्ने र स्यानिटाइजर प्रयोगमा विशेष ध्यान दिनुपने डब्लुएचओको सुझाव छ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  १ : २३ बजे

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु