तिहारलाई डेढ अर्बको भाइमसला आयात « Khabarhub

तिहारलाई डेढ अर्बको भाइमसला आयात


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –तिहारमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाइदिँदै उपहार दिने गर्छन् । यस्तो उपहारलाई ‘भाइमसला’ भनिन्छ ।

भाइमसलामा ओखर, बदाम, काजु, किसमिस लगायत हुन्छन् । तर, भाइमसलाका रुपमा प्रयोग हुने सबै सामान विदेशबाटै आयात हुन्छन् ।

नेपालमा उत्पादन हुने कुनै पनि वस्तुले नेपालीको तिहार धान्दैन । जसकारण हरेक वर्ष तिहारका लागि करोडौँ रुपैयाँ बराबरका सामान बाहिरी मुलुकबाट आयत गर्नुपर्ने अवस्था छ ।

भड्किलो बन्दै गएको चाडपर्वका लागि धेरै वस्तुको आयात हुँदा देशको अर्थतन्त्रमा भने यसले नकारात्मक असर पार्छ । गत वर्षको तुलानामा यस वर्ष भाइमसलाको आयात २१ प्रतिशतले बढेको छ ।

डेढ अर्बको भाइमसला
तिहारमा अतिआवश्यक सामानका रुपमा मानिन्छ भाइमसलालाई । दिदीबहिनीले दाजुभाइलाई खुवाउन भाइमसला चाहिने हुँदा जति नै महँगो भएपनि यसको खपत हुने गरेको छ ।

गत वर्षको तुलनामा यस वर्ष भाइमसलाको आयात २१ प्रतिशतले बढेको छ ।

भन्सार विभागकाअनुसार गत आर्थिक वर्ष १ अर्ब २० करोड ९६ लाख रुपैयाँको भाइसमसला आयात भएको थियो ।

यो वर्ष तिहारका लागि नरिवल, काजु, पिस्ता, किसमिस, छोकडा, बदाम, ओखर लगायतका सामान १ अर्ब ४६ करोड ५७ लाख रुपैयाँको भाइमसला आयात भएको छ ।

पछिल्ला वर्षमा भाइमसलाको आयत झनै बढ्दै गएको विभागको तथ्याङ्कले देखाउँछ । विभागका अनुसार तिहारलाई चाहिने सामानहरु आर्थिक वर्षको सुरुवातका ३ महिनामा आयात हुने गरेका छन् ।

तिहारलाई मात्र आयात भएका भाइमसलाको तथ्याङ्क यस्तो छः
काजु
गत वर्षको तिहारमा ३६ करोड ७६ लाख मुल्य बराबरको काजु आयत भएको थियो । भारत र भियतनामबाट काजुको आयात हुने गर्छ ।

तिहारमा धेरै मात्रामा खपत हुने काजुको आयत यो वर्ष झनै बढेको छ । तथ्याङ्कअनुसार यो वर्ष ३९ करोड ७१ लाख रुपैयाँको आयत भएको छ ।

बदाम
गत वर्षको तुलानामा यस वर्ष बदामको आयात ३१ प्रतिशतले बढेको छ ।

गत वर्ष तिहारका लागि बदाम २९ करोड ४१ लाख रुपैयाँको आयत भएको थियो भने यसपालीको तिहारका लागि ३८ करोड ५७ लाख रुपैयाँको बदाम र अलमण्ड आयत भएको छ ।

बदामको आयत अमेरिका र भारतबाट हुने गरेको विभागले जनाएको छ ।

ओखर
ओखरको तिहारमा विशेष महत्व छ । हरेक वर्ष चीनबाट ओखरको आयत हुनेगर्छ ।

ओखरको आयात गत वर्षको तिहारमा १६ करोड ७८ लाख रुपैयाँको भएको थियो ।

यसवर्ष तिहारका लागि १९ करोड ७५ लाख रुपैयाँको ओखर आयत भएको छ । गत वर्षको तुलनामा भने १७ प्रतिशतले आयात बढेको हो ।

पेस्ता
पेस्ता गत वर्षको तिहारका लागि भारतबाट ६८ हजार ४ सय ५९ रुपैयाँको आयत भएको थियो ।

यो वर्षका लागि ७१ लाख ८४ हजार नौ सय रुपैयाँको आयात भएको भन्सार विभागले जनाएको छ ।

छोकडा
गत वर्षको तिहारमा ३ करोड ३१ लाख १३ हजार रुपैयाँको छोकडा आयात भएको थियो ।

यस वर्ष तिहारका लागि पाकिस्तानबाट ३ करोड ७० लाख २९ हजार रुपैयाँको छोकडा आयात भएको छ ।

किसमिस
गत वर्षको तुलनामा किसमिसको आयात झनै वृद्धि भएको छ ।

गत वर्ष तिहारका लागि मात्र ८ करोड १० लाख ८३ हजार रुपैयाँको किसमिस आयात भएको थियो ।

यो तिहारलाई भारतबाट ११ करोड ४६ लाख ३२ हजार रुपैयाँको किसमिस आयात भएको भन्सार विभागले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष ४१ प्रतिशतले काजुको आयात बढेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  १ : ३७ बजे

उपल्लो मुस्ताङमा देखिए जंगली गधा

मुस्ताङ– नेपाल–चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ–१ ढालुङ र सेतारा

फिल्मबाट राजनीतिमा होमिएका विजयको चमत्कार, पहिलो निर्वाचनमै तामिलनाडुमा बहुमततिर टीभीके

नयाँदिल्ली- दक्षिण भारतीय सुपरस्टार जोसेफ विजय चन्द्रशेखरले राजनीतिमा पनि चमत्कारिक

सुदूरपश्चिमलाई हराउँदै बागमतीलाई राष्ट्रिय बेसबलको उपाधि

काठमाडौँ – बागमती प्रदेशले दोस्रो राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपको उपाधि

पश्चिम बंगालको प्रारम्भिक रुझानमा भाजपा बहुमततर्फ, पछ्याउँदै टीएमसी, भवानीपुरबाट ममताको अग्रता

कोलकाता- नेपालको पूर्वी सीमासँग जोडिएको भारतको पश्चिम बंगाल राज्यका २९३

पोखराका सुकुम्बासी त्रसित: वैकल्पिक व्यवस्था नभएसम्म बस्ती नछाड्ने अडान (फोटो फिचर)

पोखरा – काठमाडौँका सुकुम्बासी बस्तीमा डोजर चल्न थालेपछि पोखराका सुकुम्बासीहरू