साढे तीन करोडको पुस्तकालय भवन, तर सञ्चालन गर्न बजेट छैन « Khabarhub

साढे तीन करोडको पुस्तकालय भवन, तर सञ्चालन गर्न बजेट छैन


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मी जिल्लाको शैक्षिक विकासमा महत्वपूर्ण इतिहास बोकेको किरण पुस्तकालय बर्षौसम्म अप्ठयारो र साँघुरो घरमा बस्यो ।

५० वर्षसम्म अप्ठयारो व्यहोरेको यो पुस्तकालयको अहिले आफ्नै अत्याधुनिक चार तले भवन छ । विगतका दुःख हेर्दा राम्रै जस्तो देखिन्छ, तर किरण पुस्तकालयको दुःख अझै सकिएको छैन ।

पुस्तकालयका करिब १० हजार पुस्तक छन् । यि सबै पुस्तक एउटा तलामा व्यावस्थापन गरिएको छ । बाँकी तीन तला भने प्रयोगविहीन छ । थप प्रविधि र पुस्तक खरिद गर्ने पुस्तकालयसँग आर्थिक अभाव भएकाले भवनको बाँकी स्थाना खाली रहेको हो ।

आर्थिक संकट यस्तोसम्म कि कार्यालय सञ्चालनमा समेत अप्ठयारो परिरहेको छ । सरकारले भवन संरचनासँगै व्यावस्थापनमा पनि ध्यान दिनु पर्ने बताउँछन् रेसुंगा बहुमुखी क्याम्पसका उपप्रध्यापक भुवन अर्याल ।

‘अहिलेको समय र प्रविधि सुहाउँदो नभए पुस्तकालयको अर्थ छैन । भौतिक पुर्वाधारको हिसाबले राम्रो भवन बनेको छ,’ उनले भने, ‘व्यावस्थापनमा पनि राज्यको ध्यान पुग्नुपर्छ ।

किरण पुस्ताकालय २०२५ सालमा स्थानीय एक व्यक्तिको घरबाट सुरुवात गरिएको थियो । त्यसबेला श्रुर्ति, स्मृति पुराण र कर्मकाण्डका केही पुस्तक पाठ्यपुस्तकहरू संकलन गरी पुस्तकालय सञ्चालन गरिएको थियो ।

तत्कालिन अवस्थामा पाठकले चाहेअनुसारका पुस्तकहरू थिएनन् । पुस्तकालयका अभियन्ताहरूले नै केही पुस्तक खरिद गरेर पुस्ताकालय सञ्चालन गरेका थिए । त्यो बेला बिद्यालय पनि कम थिए । अझ पुस्ताकालय त परको कुरा । प्रविधि र समयले पुस्तकालयलाई उछिने पनि महत्व भने अहिले पनि कायम रहेको किरण पुस्तकालयका संस्थापक शशी पन्थीले बताए ।

पूर्वमन्त्री गोकर्ण विष्टको बिशेष पहलमा नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आर्थिक सहयोगमा साढे तीन करोडको लागतमा चार तल्ले अत्याधुनिक भवन निर्माण गरिएको छ । भवन निर्माणको काम सुनील–समिर बाँसुरी जेभीले गरेको थियो ।

अहिले बाहिरबाट भवन अत्याधुनिक र आर्कषक देखिन्छ । तर दिगो र स्थायी आर्थिक स्रोत नहुँदा पुस्तकालय व्यावस्थापन र उदेश्यअनुसारको काम अगाडि बढाउन निकै चुनौती रहेको पन्थीको भनाइ छ । सयमअनुसार पुस्तकालय पुगेर पुस्तक पढ्ने अवस्था छैन ।

पुस्तकालयलाई अहिले उपलब्ध पुस्तक व्यावस्थापन गर्न पनि भवनभित्र आवश्यक संरचनाको समस्या छैन । कार्यालय व्यावस्थापन गर्न जनशक्तिको समेत अभाव उस्तै छ । अहिलेको पुस्ता सुहाउँदो प्रविधिको विकास गरेर पुस्तकालयलाई विकास गर्नुपर्ने आवश्यकता रहेको नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष जर्नादन घिमिरेले बताए ।

किरण पुस्तकालयले जिल्लाको शिक्षा र साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान दिइरहेको छ । पुस्तकालयले स्थापना कालदेखि ‘हाम्रो पुरुषार्थ’ नामक साहित्यिक पत्रिका प्रकाशन गरिरहेको छ भने पुस्तक प्रकाशन, कवि गोष्ठी, जयन्तीहरू मनाउने तथा पुस्तक र पत्रपत्रिका पढ्न पाउने सुविधा दिइरहेको छ ।

भौतिक संरचनाले मात्रै पुस्तकालयको उदेश्य पुरा हुँदैन । त्यसैले किरण पुस्तकालय जस्ता जिल्लाका महत्वपूर्ण शैक्षिक धरोहरहरूको संरक्षण र व्यावस्थापनमा राज्यकै तर्फबाट चासो र पहल हुनुपर्ने घिमिरेको जोड छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  २ : ०५ बजे

बाख्रा चराउन गएका एक व्यक्तिको ढुङ्गाले लागेर मृत्यु

सुर्खेत– जाजरकोटको चुनिचाँदे गाउँपालिका–१० लमाराका नरबहादुर रोकायको ढुङ्गाले लागेर मृत्यु

विश्वकपमा आज भारत र पाकिस्तानको रोचक भिडन्त

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आइतबार भारत र

चार दशकदेखि हलुवा–पराठाको स्वाद चखाउँदै अरमान

बाँके– नेपालगन्ज उपमहानगरपालिका–१० चौलिकाचोकमा हलुवा–पराठाको स्वाद लिन बिहान झिसमिसेमै मानिसको

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

रौतहट– रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै मोटरसाइकल

निरन्तर निर्वाचन क्षेत्रमा केन्द्रित ओली, आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफ्नै निर्वाचन