गरिबलाई चाडपर्वमा पीडा नै पीडा « Khabarhub

गरिबलाई चाडपर्वमा पीडा नै पीडा


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– बर्दिबासको ब्यवस्त सडकमा तिहारको किनमेलले मानिसहरुको ठूलो भिड छ । कोही कपडा किन्न ब्यस्त छन भने कोही फलफूल, मिठाई किन्न व्यस्त देखिन्छन् ।

तर, सडकको एउटा कुनामा बसेर ढुङगा कुदै दिनमा ८ सय रुपैया कमाउने गौशाला निगौलका १६ बर्षिय सुरज कुमार थवइलाई भने न चाडपर्वको महत्व छ नत कुनै रमाइलो नै । थवइलाइ एउटै चाहना रहन्छ कि त्यही किनमेल गरेर फर्किएका बटुवाहरुले आफुले बनाएको जातो र सिलौटा किनिदिउन ।

ढुङगा कुदेर सिलौटा, जातो बनाउने सुरज मात्र हैनन उन्की ५० बर्षिय आमा राधादेवी थवइ, दिदी कवितादेवी र मामा सुनिल कुमारको पनि उस्तै चाहना छ । कहिलेकाही उनिहरुले बनाएको सुन्दर जातो र सिलौटा महिनौसम्म बिक्री हुदैन । जातो, सिलौटा बेचेर नै जिविकोपार्जनको माध्यम बनाएका थवइ परिवारले कयौ छाक खाना समेत नखाएको नमिठो सम्झना छ ।

बर्दिबासको पुर्व जाने पिपलको आडमा बसेर ढुङगा कुदै बिहान, बेलुका छाक टार्दै आएका उनिहरुको बस्ने कोठा पनि छैन । घुमन्ते, फिरन्ते जस्तै उनिहरु जहाँ बढी व्यापार हुन्छ त्यही जान्छन । कहिले सर्लाही, कहिले महोत्तरी जस्ता ठाउँमा घुमेर दिनभरी ढुङगा कुदेर बनाएको सिलौटा बेच्नु पर्ने थवइ परिवारको बाध्यता छ ।

बिरगन्जवाट गौशाला नगरपालिकाको निगौलमा आएर यो परिवारले झण्डै १८ बर्ष व्यापार गर्‍यो । सरकार भुमिहिन, सुकुम्बासीहरुलाइ जग्गा तथा लालपुर्जा वितरण गरेर भुमिपती बनाउने भाषण लगाएर थाकेको छैन ।

तर यो मजदुरी गर्ने परिवारको न जग्गा छ न कुनै बस्ने ठेगाना नै । नेपालको नागरिक भएतापनी पहिचानबिहिन नागरिकताको प्रमाणपत्र बोकेर उनिहरु अहिले सर्लाहीको बागमती किनारवाट ढुङगा ल्याउछन अनि सुन्दर सिलौटा र जातो कुदेर बेच्ने पर्खाइमा बस्छन ।

हुन त थवइ परिवारको यो परम्परागत पेशा नै हो । सुरजका बुवा र हजुरबुवाले समाहाल्दै आएको सिलौटा र जातो बनाउने कला अहिले परिवारका हरेक सदस्यले निरन्तरता दिएका मात्र हुन । तर समाज यान्त्रिकरण हुदा अहिले जातोको सट्टा आधुनिक पिस्ने हाते मेसिन आएका छन, सिलौटाको सट्टा मसला पिस्ने भान्से औजार निर्माण भएका छन । जस्को फलस्वरूप थवइ परिवारलाइ जीवितकोपार्जन गर्न कष्टकर छ ।

सुरज कि ५० बर्षिय आमा राधादेवीले २० बर्ष अगाडि यहि जातो र सिलौटा बनाएर जिविकोपार्जन मात्र हैन केही पैसाको जोहो गरेको सम्झना छ ।

उन्का छोरा सुरजको पनि अन्य कुनै सीप छैन । कमाउन बाहिर पठाउन पैसा छैन । १६ बर्षिय सुरजलाइ पनि यस्तै लाग्छ कि अब यो पेशावाट बाँच्न गार्‍हो छ ।

२०५६ सालदेखी नै सरकारले भुमी आयोग बनाएर भुमिहिन, सुकुम्बासीहरुको लागी जग्गा तथा लालपुर्जा वितरण गर्ने गृहकार्य गर्‍यो तर लालपुर्जा हुनेखाने, सम्भ्रान्त बर्गले पाए थवइ जस्ता गरिवले न जग्गा पाए न लालपुर्जा नै । यतिसम्म कि सरकारवाट उनिहरुले सहानुभूति समेत पाउन सकेनन ।

कोरोना माहामारीको पीडा सवैभन्दा बढी यहि बर्गले भोग्नुपर्‍यो । माहामारी कै कारण कयौ मजदुरले काम गुमाए, थवइ जस्ता परिवारले कला थन्क्याए र राहतको पर्खाइमा कयौ दिन भोकै बसे तर थवइ परिवार सधै ओझेलमा नै परे ।

कोरोना माहामारीमा कयौ रात पानी मात्र पिएर सुतेको राधादेवीको अनुभव छ । हातमा ठेला उठाएर बनाइएका सिलौटा, जाताहरु त्यतिकै थन्क्याउन बाध्य बन्दा रोगभन्दा भोकले मर्ने अवस्था आएको उनी बताउँछिन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ३ : ५५ बजे

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन

काठमाडौं– नबिल बैंकले आफ्ना ग्राहकको गोपनीयता भङ्ग गरी बैंकिङ कारोबारसम्बन्धी विवरण

एमाले प्रमुख सचेतकमा सांसद ऐनबहादुर महर

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीय संसदीय दलले प्रतिनिधिसभाका सदस्य ऐनबहादुर

प्रधानमन्त्री कप एनभिएमा पुलिस क्लबको विजयी सुरुवात 

काठमाडौं– प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ

सुकुम्वासीको पक्षमा एमाले, बस्ती हटाउने नाममा बल प्रयोग नगर्न सरकारलाई चेतावनी

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारले सुकुम्वासी बस्तीहरू जबरजस्ती

व्यवस्थापन प्रक्रियालाई सघाउन वास्तविक सुकुम्बासीलाई प्रहरीको आग्रह

काठमाडौं- सरकारले सुरु गर्न लागेको सुकुम्बासी/भूमिहीन व्यवस्थापन प्रक्रियालाई सघाउन नेपाल