शिक्षासेवी शर्माको निधन « Khabarhub

शिक्षासेवी शर्माको निधन


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बागलुङ नगरपालिका वडा नं १२ स्थित अमलाचौर निवासी शिक्षासेवी डिल्लीप्रसाद शर्माको ८३ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।

काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निमोनियाको उपचार गराइरहेका उनको शुक्रबार बिहान ६ः०० बजे सोही अस्पतालमा निधन भएको हो ।

विसं १९९६ वैशाख १५ गते बागलुङको अमलाचौरमा जन्मिएका उनले लामो समयदेखि प्राध्यापन तथा शिक्षा क्षेत्रमा काम गरेका थिए छ । विसं २०१७ मा एसएलसी पास गरेका उनले संस्कृत साहित्यमा आचार्य र अङ्ग्रेजी विषयमा स्नातकोत्तर गरेका थिए। उनले सुरुमा माध्यमिक विद्यालय निरीक्षक र पछि जिल्ला शिक्षा अधिकारी भएर काम गरेका थिए।

बागलुङ जिल्लाको अमलाचौरमा पृथ्वी माध्यमिक विद्यालय स्थापना गर्न र पछि सोही विद्यालयमा उच्च माध्यमिक विद्यालय सञ्चालन गर्न पनि उनको ठूलो योगदान रहेको छ । उनले सो उच्च मावि, पर्वत जिल्लाको फलेबासस्थित पर्वत बहुमुखी क्याम्पासलगायतका क्याम्पसहरुमा लामो समय अध्यापन गरेका थिए ।

साहित्य र लेखनमा गहिरो रुचि राख्ने उनका जननी स्मृति, जनगन्थन पुस्तक तथा अरु कयौँ फुटकर लेख र कविता प्रकाशित छन् ।

उनकी धर्मपत्नी दिलकुमारी शर्मा तथा सात छोरा छन् । उनका छोरा दिलीपप्रसाद शर्मा राष्ट्रिय समाचार समिति (रासस) को अन्तर्राष्ट्रिय समाचार शाखामा सम्पादक छन् । शर्माको बागलुङ जिल्लास्थित जैमिनीघाटमा शुक्रबारै अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ५ : ०० बजे

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

मान्म– नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको

हाङ्देवामा पशुचौपायामाथि भालुको आक्रमण

ताप्लेजुङ– जिल्लाको फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति