सात स्थानीय तह र ७७ वडामा अधिवेशन सम्पन्न « Khabarhub

सात स्थानीय तह र ७७ वडामा अधिवेशन सम्पन्न


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजकोट– नेपाल कम्युनिष्ट पार्टी (एमाले) जाजरकोटले सात वटै स्थानीय तह र ७७ वटै वडामा अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनबाट पालिका र वडा अध्यक्षहरु सर्वसहमत चयन गर्नुको साथै पालिका र वडा कमिटीहरु पनि सर्वसम्मत गठन गरिएको छ । पार्टी केन्द्रको नीति तथा कार्यक्रम अनुसार जिल्लाका सात वटै पालिका र ७७ वटै वडा अधिवेशन सम्पन्न गरिएको हो ।

देश संघीय संरचनामा गएपछि नेकपा एमाले, जाजरकोटले पहिलो पटक नगर तथा गाउँ अधिवेशन सम्पन्न गरेको हो । सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको नेकपा ९एमाले० जाजरकोटले जनाएको छ ।

नेकपा एमाले, जाजरकोटले दिएको जानकारी अनुसार हालै सम्पन्न अधिवेशनले भेरी नगर कमिटि अध्यक्षमा गौरी बहादुर कार्की, नलगाड नगर कमिटी अध्यक्षमा जनक बहादुर शाही र छेडागाड नगर कमिटी अध्यक्ष गणेश बहादुर थापालाई सर्वसहमत चयन गरेको छ।

त्यसैगरी जुनीचाँदे गाउँ कमिटी अध्यक्षमा कृष्णबहादुर शाह, बारेकोट गाउँ कमिटि अध्यक्ष भक्त बहादुर बस्नेत, शिवालय गाउँ कमिटी अध्यक्ष रंगनाथ योगि, कुशे गाउँ कमिटि अध्यक्ष जयबहादुर विकलाई सर्वसम्मत चयन गरिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ४ : ४० बजे

बाख्रा चराउन गएका एक व्यक्तिको ढुङ्गाले लागेर मृत्यु

सुर्खेत– जाजरकोटको चुनिचाँदे गाउँपालिका–१० लमाराका नरबहादुर रोकायको ढुङ्गाले लागेर मृत्यु

विश्वकपमा आज भारत र पाकिस्तानको रोचक भिडन्त

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आइतबार भारत र

चार दशकदेखि हलुवा–पराठाको स्वाद चखाउँदै अरमान

बाँके– नेपालगन्ज उपमहानगरपालिका–१० चौलिकाचोकमा हलुवा–पराठाको स्वाद लिन बिहान झिसमिसेमै मानिसको

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

रौतहट– रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै मोटरसाइकल

निरन्तर निर्वाचन क्षेत्रमा केन्द्रित ओली, आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफ्नै निर्वाचन